बडिगाडकी सुत्केरीको हेलि मार्फत उद्धार,नवजात शिशुको मृत्यु

कमल पौडेल,बडिगाड

बागलुङको बडिगाड गाउँपालिकाकी एक सुत्केरी महिलालाई अत्याधिक रक्तश्राव कारण समस्या भएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ ।

बडिगाड गाउँपालिका वडा नं. ८ रणसिंहकिटेनीकी ३८ वर्षीया पुष्पा श्रीसलाई बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात थप उपचारका लागि पोखराको गण्डकी अस्पताल लगिएको हो । घरमै सुत्केरी गराउँदा अत्याधिक रक्तश्राव भएपछि प्राथमिक स्वास्थ्य केन्द्र पुयाइएको थियो । तर, अवस्थामा सुधार नआएपछि पोखरा पठाउनु परेको बडिगाड गाउँपालिकाका स्वास्थ्य संयोजक चुडामणी कँडेलले जानकारी दिनुभयो । अहिले बच्चालाई बचाउन नसके पनि आमाको अवस्थामा सुधार आइरहेको सुचना पाएको कँडेलले जानकारी दिनुभयो । सुत्केरी पुष्पा र श्रीमान् इमानसिंह श्रीस दुवै जना पेशाले शिक्षक हुन् ।

दुर्गममा रहेका महिलाहरुको ज्यान बचाउने उद्धेश्यले सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा श्रीसको उद्धार गरिएको हो । दशैंको दिन भएकाले धेरै चूनौती भए पनि ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली र बुर्तिवाङ स्वास्थ्य केन्द्रको बिशेष पहलमा उद्धार गरिएको कंडेलको भनाई छ । बागलुङ पहाडी जिल्ला र उपर्युक्त स्वास्थ्य सेवाको अभावको कारण जटिल मातृ स्वास्थ्य सम्बन्धि समस्या भएका महिलालाई हेलिकप्टरबाट उद्धार गरि अन्यत्र लैजानुपर्ने बाध्यता रहँदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *