धौलागिरि अस्पतालमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु

आदर्श अनलाइन, बागलुङ ।
कोरोना संक्रमितको उपचार गराउदै आएको धौलागिरी अस्पताल बागलुङमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु भएको छ । धौलागिरी अस्पतालको भेन्टिलेटरमा उपचार गराइराख्नुभएका कोरोना संक्रमित पुरुषको आज बिहान मृत्यु भएको छ ।

आज विहान १० : ३० बजे बागलुङ नगरपालिका–३ का ६६ बर्षिया पुरुषको उपचारको क्रममा धौलागिरी अस्पतालमा मृत्यु भएको धौलागिरी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले जनाकारी दिनुभयो । उहाँलाई उच्च रक्तचाप र थाइराइड समस्या थियो भने कोरोना संक्रमित पछि फोक्सो र मृगौलामा समस्या भएको डा. पोखरेलले बताउनुभयो ।
मृतक पुरुष कात्तिक १२ गते अस्पताल भर्ना हुनुभएको थियो । उपचारकै क्रममा गरिएको जाँचमा कोभिड–१९ पुष्टिभएपछि एकसाता अघिदेखि उहाँलाई भेन्टिलेटरमा राखिएको थियो ।

डा. पोखरेलका अनुसार मृतकको शव व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय बागलुङको समन्वयमा नेपाल आर्मीले तयारी थालेको छ । जिल्लाका अहिले १ सय ४ जना सक्रिय संक्रमितको उपचार भैरहेको छ । यो सँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *