कालीगण्डकी करिडोरमा मजदुर पुरिए

आदर्श अनलाईन ।

नवलपरासी पूर्व (नवलपुरको) बुलिङ्गटार गाउपालिका अन्तरगत पर्ने कालिगण्डकी करिडोरमा काम गर्नेक्रममा माथिबाट खसेको ढिस्को सहितको पहिरोले पाँच जना मजदुर पुरिएर वेपत्ता भएका छन् । दुई जनाको सकूशल उद्धार गरिएको छ । घटनामा सात जना मजदुर पुरिएको र दुई जनाको उद्धार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी प्रमुख प्रकाश मल्लले दिनुभएको जानकारी अनुसार बुधबार साढे चार बजेतिरको समयमा उक्त घटना भएको हो ।

करिडोरको बुलिङ्गटार गाउँपालिका वडानम्बर ३ को खसुवा भन्ने ठाउँमा उनीहरु पुरिएको र अहिले ईलाका प्रहरी कार्यालय बुलिङ्गटारबाट खटिएको प्रहरी टोलीले ढिस्को पन्छाएर खोज्ने काम गरिरहेको प्रहरी प्रमुख मल्लले जानकारी दिनुभएको छ ।

भित्तातर्फ बलियो गराउन ग्याभिन भरिरहेका मजदुरलाई माथिबाट खसेको ढिस्कोले ग्याभिन भरिरहेको अवस्थामा ग्याभिन सहित पुरेको मल्लले बताउनुभयो । पहिरोमा पुरिनेहरुमा बुलिङ्टार गाउँपालिका वडानम्वर ४ ढुँग्रेका रहेको भन्ने बुझिएको र थप विवरण आउन बाँकी रहेको मल्लले बताउनुभएको छ । विकट पहाडी क्षेत्र भएकाले आफुहरुले घटनाका बारेमा बुझ्ने काम गरिरहेको उहाँको भनाई छ ।

उद्धार गरिएका दुई जनालाई घाइते भएकले उनीहरुको उपचारका लागि भरतपुर अस्पताल पठाइएको मल्लले जानकारी दिनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *