गण्डकी प्रदेशमा आज थप ६० जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा बिहिवार ६० जना कोरोना संक्रमित थपिएका छन ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका १८ र नवलपुरका ४२ गरी दुई जिल्लामा मात्रै ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ४३ पुगेको छ ।

पोखरा महानगरमा कोरोना संक्रमण पुष्टि हुनेहरुमा वडा नं ३ का १२ वर्षीय बालक, ५ का २ महिला, ७ का १ पुरुष, ८ का १ पुरुष, ९ का १ पुरुष तथा १ महिला, १० का १ पुरुष, ११ का १ पुरुष, १२ का २ पुरुष तथा ३ महिला, १३ का २ पुरुष, १७ की २ महिला र २० का १ पुरुष रहेका छन ।

त्यसैगरी नवलपुर गैडाकोट नगरपालिकाका वडा नखुलेका २८ पुरुष र १४ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *