धौलागिरी अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, बागलुङ

धौलागिरी अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि धौलागिरी अस्पतालमा भर्ना गरिएका बागलुङ नगरपालिका–२ का ८० वर्षिय पुरुषको उपचारको क्रममा बुधवार दिउँसो मृत्यु भएको थियो । यो सँगै बागलुङमा मृतकको संख्या ८ पुगेको छ ।

कोरोना भाइरस (कोभिड १९) सँग मिल्ने लक्षण भएकाले अन्य उपचार सँगै बुधवार स्वाब संकलन गरि पीसीआर परीक्षणका लागि पोखराको क्षयरोग उपचार केन्द्रमा पठाइएको थियो । जसको रिपोर्टमा शुक्रबार कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आएको धौलागिरी अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।

तीन दिन देखि धौलागिरी अस्पतालको शव गृहमा रहेको मृतक पुरुषको शव अन्त्येष्टि अब नेपाली सेनाले गर्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *