कोरोनाका कारण बागलुङमा मृत्यु हुनेको संख्या ८ पुग्यो

फाइल तस्बिर

आदर्श अनलाइन,बागलुङ

बागलुङ जिल्लाको दक्षिण जैमिनीका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

यो सँगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ८ पुगेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले आदर्श अनलाइनलाई जानकारी दिए । जिल्लामा अहिले १ सय २४ जना कोरोना संक्रमित छन् ।

जिल्लाको जैमिनी नगरपालिका वडा नं। ९ पैञ्युथन्थापका २९ बर्षिय कोरोना संक्रमित युवकको उपचारको क्रममा पोखरामा मृत्यु भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा युवकको मृत्यु भएको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोनविन्दु शर्माले जानकारी दिए ।

गत कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएपछि पोखरामा उपचाररत उनी निमोनिया लगायतका समस्याबाट पनि ग्रस्त रहेका थिए । उनलाई भेण्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *