बागलुङमा थप दुई कर्मचारी सहित पाँच जनामा कोरोना पुष्टि

आदर्श अनलाइन,बागलुङ

जिल्लामा दुई कर्मचारी सहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा गल्कोट नगरपालिकाका २६ बर्षिय एक जना पुरुष र २९ बर्षिया एक महिला कर्मचारी, जापानबाट आएका ३४ वर्षिय पुरुष, रकुमबाट आएका ताराखोला गाउँपालिका–५ का १९ बर्षिय पुरुष र विदेशबाट आइ क्वारेन्टिन बसेका बागलुङ नगरपालिका–१ का ४३ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देबप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

संक्रमितहरुलाई होम आइसोलेसन र पालिकाहको आइसोलेसन कक्षमा राखिने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *