आदर्श सञ्चारको वित्तीय सेवा नयाँ व्यवस्थापनका साथ शुरु

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले लक्ष्मी पुजाको अवसर पारेर संस्थाले सञ्चालन गर्दै आएको वित्तीय सेवालाई थप व्यवस्थापनका साथ भूइतलाबाट सञ्चालन गरेको छ ।

सूचना र सञ्चारसंगै वित्तीय कारोबार समेत गर्दै आएको संस्थाले वित्तीय सेवालाई थप प्रभावकारी र सदस्यहरुको सहज सुविधाका लागि भूइतलाबाट काउण्टर शुरु गरेको संस्थाले जनाएको छ ।

संस्थाको मुख्य काम सूचना र सञ्चार हो, दैनिक, साप्ताहिक पत्रिका, अनलाइन, यूट्युव र टेलिभिजन सञ्चालन गरेको संस्थाले सदस्यहरुसंग वित्तीय कारोबार समेत गरेको र वित्तीय कारोबारलाई थप प्रभावकारी र सहज बनाउनका लागि थप व्यवस्थापन सहित सेवा सञ्चालन गरिएको संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी (अञ्जु) ले जानकारी दिनुभयो ।

२०६३ सालदेखि धौलागिरी जागरण दैनिक, २०६८ सालदेखि अग्रसर साप्ताहिक, २०७६ सालदेखि आदर्शसञ्चार अनलाइन र आदर्शसञ्चार अनलाईन टिभी सञ्चालन गर्दै आएको संस्थाले २०७० सालदेखि धौलागिरी टेलिभिजनमा साझेदारी गर्दै आएको छ ।

सञ्चारमाध्यमको संस्थागत विकाससंगै सहकारीमार्फत आर्थिक विकास र सामाजिक रुपान्तरणका क्षेत्रमा संस्थाले काम गर्दै आइरहेको छ, अध्यक्ष जिसीले भन्नुभयो–सञ्चारमाध्यमलाई थप व्यवस्थित र दीर्घकालिन बनाउनका लागि वित्तीय कारोबार सहयोगी हुने भएकाले थप व्यवस्थापनका साथ अगाडि बढेका छौ ।

नयाँ व्यवस्थापनका साथ भुइतलाबाट शुरु गरिएको काउण्टरको संस्थाका संस्थापक अध्यक्ष तथा संघीय सांसद मनकुमारी केसी जिसी र संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले शुक्रवार उद्घाटन गर्नु भएको थियो ।

नयाँ व्यवस्थापनका साथ काउण्टर शुरु गरेको पहिलो दिन नै १ सय ५ जना नयाँ शेयर सदस्य वृद्धि भएका छन् । शेयर सदस्यहरुबाट ११ लाख ३५ हजार शेयर रकम र ४५ लाख वचत संकलन भएको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

संस्थामा हाल २ हजार २ सय जना शेयर सदस्य, ४ करोड ६१ लाख शेयर रकम, ३२ करोड बचत र २८ करोड कर्जा लगानी रहेको छ ।

संस्थाले बनाएको १० वर्षे रणनीतिक योजना अनुसार २०८० सालको असार मसान्तसम्म ५ हजार भन्दा बढी शेयर सदस्य, १० करोड शेयर रकम, ८० करोड वचत र ७५ करोड कर्जा लगानी गरी कुल कारोबार १ अर्ब पु¥याउने लक्ष्य रहेको अध्यक्ष जिसीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *