राष्ट्रिय जनमोर्चाद्वारा बागलुङमा सरकार बिरुद्व प्रदर्शन

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय जनमोर्चाले शुक्रबार बागलुङमा सरकारको बिरोधमा प्रदर्शन गरेको छ ।

राष्ट्रिय जनमोर्चाको देशव्यापी कार्यक्रम अन्र्तगत बागलुङ बजारमा विप्लव नेतृत्वको नेकपाको धौलागिरी बन्दका बाबजुद मोटरसाइकल ¥याली गरेको हो ।

देशमा देखा परेको अस्थिरता, भ्रष्टाचार, प्रतिगमनको खतरा र संघीयताको खारेजीका लागि प्रदर्शन गरिएको राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भीमलाल पोखरेलले जानकारी दिनुभयो ।

‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारको विरोध गरौं’ भन्ने नाराका साथ पार्टी कार्यालय परिसरबाट सुरु भएको मोटरसाइकल ¥यालीले बजार परिक्रमा गरेर लोकतान्त्रिक चोकमा कोणसभा गरेको थियो । सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका नेता तथा गण्डकी प्रदेश मामिला सभापति कृष्ण थापाले संघीयता नेपालमा असफल बन्दै गएको बताउनुभयो । राष्ट्रियता कमजोर बन्दै गएको बेला सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको उल्लेख गर्दै थापाले संघीयता बिरुद्धको आन्दोलन सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

देशव्यापी संघर्षका कार्यक्रम अन्र्तगत राष्ट्रिय जनमोर्चा बागलुङले पौष १७ गतेदेखि २९ गतेसम्म विशेष संगठनात्मक अभियान र संघर्षका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । जिल्लाव्यापी रुपमा चल्ने यो अभियान ३ टोली निर्माण गरी सञ्चालन गरिने छ । केन्द्रीय सदस्यद्वय राजेन्द्र ढुंगाना, डिलबहादुर दर्जी, प्रदेश सभा सांसद कृष्ण थापा, राष्ट्रिय परिषद सदस्य तिलक थापा, बरेङ गापा अध्यक्ष कृष्ण प्रसाद शर्मा र नरबहादुर पुन रहेको टोलीले बरेङ गाउँपालिका र जैमिनी नगरपालिका कार्यक्रम गर्नेछ ।

जिल्ला अध्यक्ष अमर थापा, उपाध्यक्ष धर्म कुँवर, सचिव भिमलाल पोखरेल, जिल्ला सल्लाहकार वेदीलाल सापकोटा, जिल्ला सदस्य लक्ष्मण पुन, लोकनाथ शर्मा र लक्ष्मी बास्कोटा रहेको टोलीले गल्कोट नगरपालिका, ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकामा कार्यक्रम गर्नेछ ।

राष्ट्रिय परिषद सदस्य गौरिश्वर पाण्डे, पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, प्रदेश सभा सांसद खिमविक्रम शाही, भिमसेन वन, मेकबहादुर पाइजा र प्रगति बुढा रहेको टोलीले निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा कार्यक्रम गर्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *