व्यवसायीको नाफा मात्र होइन, योगदान पनि हेरियोस्ः वरिष्ठ उपाध्यक्ष ढकाल

आदर्श अनलाइन, बागलुङ

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले व्यवसायीले नाफा गरेको मात्र हेर्न नहुने विचार व्यक्त गरेका छन् ।

बागलुङ उद्योग वाणिज्य संघको ५७ औं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले आफू जिल्लाका व्यवसायीले उठाउने मुद्धामा सदैव साथमा रहने प्रतिवद्धता व्यक्त गरेका छन । उनले व्यवसायीले नाफाका साथै देश र समाजलाई गरेको योगदान पनि हेर्नुपर्ने बताएका छन् ।

उनले मध्यम तथा साना उद्यम व्यवसाय बढाउन छरिएर रहेका पुँजी परिचालनका लागि योजनावद्ध रुपमा काम गर्न सकिने बताए । कोभिडले उद्योग व्यवसायलाई समस्यामा परेका कारण सरकारसंग राहात माग्दा उद्योगी व्यवसायीको वदनाम गर्ने काम भएको उनले गुनासो गरे । बागलुङको विकासमा साझेदार गर्न सदैव प्रयत्न रहेको ढकालले स्पष्टपारे ।


सो अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सहुलियत कर्जा प्रवाहमा व्यवसायीसंग साझेदारी गर्न बैंक तयार रहेको जानकारी गराए । उनले साना व्यवसायीलाई उठाउन प्रभु बैंकको भूमिका महत्वपूर्ण हुने बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *