बागलुङ-पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुलको उद्घाटन

एउटै कार्यकालमा शिलान्यास र उद्घाटन विरलै हुन्छ : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संसद विघटनको विषय अदालतमा निर्भर रहेको भन्दै अदालतले जे फैसला गर्छ त्यही अन्तिम हुने बताउनुभयो ।

अदालतका विचारधिन विषयमा अनेक टिकाठिप्पणी आएको भन्दै फैसला पूर्व टिकाटिप्पणी गर्न आवश्यक नरहेको बताउनुभयो ।

विश्वकै लामो दाबि गरिएको नेपालकै सबै भन्दा लामो बागलुङ नगरपालिका–१ रामरेखा देखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने झोलुङ्गे पुलको उद्घाटन पछि बौलै तिमिल्सिनाले अदालतले संसद विघटन सदर गरे चुनावमा र बदर गरे संसदमा जानुको बिकल्प नरहेको बताउनुभयो ।
“सायद शिलान्यास र उद्घाटन एकै कार्यकालमा हुँने कुरा विरलै पाइन्छ, धेरै स्थानमा ठेकेदारका कारण आयोजना अलपत्र पर्दैछन् ” तिमिल्सिनाले भन्नुभयो “आफूलेनै शिलान्यस गरेको पुल आफै उद्घाटन गर्न पाए, नेपालमा समेत छिट्टै विकास गर्न सकिन्छ भन्ने उदारण यस पुललाई लिन सकिन्छ ।” उहाँले निर्माण सम्झौता भन्दा १० महिना अगावै पुल सम्पन्न भएकोमा निर्माण कम्पनीलाई धन्यवाद समेत दिनुभयो ।

कालिगण्डकी नदी माथि निर्माण गरेको उक्त पुल ५६७ मिटर लामो रहेको छ । अहिले सम्म सिङ्गल स्पाननमा यतिलामो झोलुङ्ेपुल विश्वमै नभएको सम्पेन्सन बृज डिभिजन कार्यालय काठमाण्डौले जनाएको छ ।

उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पसलले आन्तरिक मात्रै नभएर विदेशी पर्यटक भित्राउन सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव नारायण अर्याल, पूर्वाधार विकास विभागका मानिर्देशक इश्वरचन्द्र मराठ्ठा, लुम्बीनी गार्डेन फाउण्डेशनका गोविन्द श्रेष्ठ, संविधानसभासदस्य प्रकाश शर्मा पौडेल, निर्वातमान संघीय सांसद डा. सूर्य पाठक र नेपाली कांग्रेस बागलुङका जिल्ला सभापती दिपेन्द्र बहादुर थापा लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलको अध्यक्षता कुस्मा नगरपालिका–१ वडाअध्यक्ष देबेन्द्र सुवेदीको स्वागत तथा नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *