खुर्कोट-दाना प्रसारण लाइन: बागलुङले यसरी लिन सक्छ फाइदा

खेमराज गौतम सुवास
बागलुङ

कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन र सब–स्टेशन तयार भएको छ ।

केन्द्रीय सर्किटमा जोडिएको उक्त सब–स्टेशनले दुर दराजमा उत्पादन भएको विद्युतलाई केन्द्रिकृत गर्ने जनाएको छ । दुरमा उत्पादन भइरहेका ठूला आयोजनाको विद्युत खेर गइरहेको सन्दर्भमा करिडोर प्रसारण लाइन निर्माण भएर केन्द्रीय सर्किटमा जोडिए पछि विद्युत क्षेत्रमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा सन् २०१६ को ३० मे मा दाना–खुर्कोट प्रसारण लाइन आयोजना निर्माण शुरु गरेकोे थियो । खोला नदीबाट विद्युत उत्पादन गरेर मात्रै हुँदैन । उत्पादित विद्युतको यथेष्ट प्रयोग माग र सप्लाइका आधारमा सम्बन्धित क्षेत्रमा पु¥याउन जरुरी हुन्छ । यसका लागि एक स्थानमा उत्पादन भएको विद्युत अर्को स्थानमा खपत गर्न सकिने अवसरका लागि केन्द्रीय प्रशारण लाइन र सब–स्टेशन निर्माण गर्नुपर्दछ । दाना–खुर्कोट प्रशारण लाइन र सबस्टेशन निर्माण पछि धौलागिरीको उद्योग व्यवसायमा समेत सकारात्मक टेवा पुग्ने आशा गरिएको छ । हाल सम्म औद्योगिक ग्राम तथा ठूला उद्योगहरु साविक धौलागिरीका चार जिल्लामा छैनन् । अब ठूला उद्योगहरु सञ्चालनमा समेत यसले प्रोत्साहित गर्नेछ ।
खुर्कोटमा सवस्टेशन बन्दा बागलुङलाई के फाइदा ?

उक्त प्रसारण लाइनले धौलागिरीमा मोदी खोला हुँदै विद्युत भित्राउदै आएकोमा यसलाई प्रतिस्थापन गरी धौलागिरीको विद्युत बाहिर पठाउदै जाने विद्युत प्राधिकरणले जनाएको छ । ।

दाना सब–स्टेशनबाट मुस्ताङ जिल्लाको फेडर जोडिएका कारण अब मुस्ताङ जिल्लामा विद्युतमा समस्या हुँदा बागलुङमा कुनै अवरोध नआउने नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख इञ्जिनियर शिवनारायण गोशालीले जानकारी दिनुभयो । गोशालीका अनुसार, बागलुङलाई अहिलेदेखि पछि दीर्घकाल सम्मका लागि खुर्कोट–दाना सव–स्टेशनले फाइदा पु¥याउनेछ । “प्रसारण लाइन र सब स्टेशन बागलुङ जिल्ला बाहिर निर्माण भए पनि नजिकै भएकाले बागलुङले समेत फाइदा लिने सुविधा छ” केन्द्र प्रमुख गोशालीले भन्नुभयो “एउटै फेडरमा धौलागिरीका चार जिल्ला जोडिएका कारण अन्य जिल्लाको समस्याले बागलुङमा विद्युत जाने समस्या हुन्थ्यो तर मुस्ताङ नयाँ प्रसारण लाइनमा जोडिएको छ, अब यसबाट बागलुङमा अनियमित विद्युतको समस्या केही कम हुनेछ ।”

अहिले मुस्ताङमा उत्पादन भएको थापाखोला जलविद्युत आयोजनाले उत्पादन गरेको १३.४ र म्याग्दीको घलेम्दी जलविद्युत आयोजना ५ मेगावट बिद्युत करिडोर प्रसारण लाइनले छोएको दाना सब–स्टेशनबाट जोडिएको छ । केन्द्रीय प्रसारण लाइनमा दाना नपुग्दा सम्म मुस्ताङको थापाखोला जलविद्युत आयोजना आधा क्षमतामा मात्रै चल्दै आएको थियो । अहिले केन्द्रीय प्रसारण लाइनमा जोडिदाँ पुरा क्षमतामा आयोजना चल्न शुरु गरेको छ । बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा उत्पादन भएको विद्युत खुर्कोट सब–स्टेशन मार्फत बितरण हुनेछ ।

अहिले बागलुङमा मोदी सब–स्टेशन मार्फत बिद्युत बितरण हुँदै आएको थियो, जुन निर्विकल्प थियो । तर, नयाँ प्रसारण लाइन तथा खुर्कोट सबस्टेशन बनेपछि बागलुङमा छुट्टै फेडर निकाल्न सकिनेछ ।

‘अनियमित विद्युतको समस्या ९० प्रतिशत घट्न सक्छ’

कालीगण्डकी करीडोर प्रसारण लाइन आयोजना अन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन र सब–स्टेशन तयार भए पछि बागलुुङमा छुट्टै फेडर ल्याउने विकल्प तयार भएको छ ।

यदि जिल्लाका लागि छुट्टै फेडरको व्यवस्थ ागर्न सकने अहिले विद्यमान अनियमित विद्युत कटौतीको समस्या ९० प्रतिशत कम भएर जाने नेपाल बिद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख गोशालीले बताउँनुहुन्छ । ‘पहिला चार जिल्ला एउटै फिडरमा चल्दा एक स्थानमा विद्युत जाँदा चार जिल्लानै अन्धकार हुन्थ्यो तर अब मुस्ताङ छुट्टै फिडरमा गयो । अन्य जिल्लामा समस्या आउँदा बागलुङमा विद्युत जाने समस्या छ । झण्डै २५ करोड खर्चेर खुर्कोट सबस्टेशन देखि ५ सय मिटरको दुरीमा रहेको बागलुङ आउने प्रसारण लाइनमा जोड्न सके अनियमित बिद्युत हटेर जाने गोशालीको भनाई छ । “झण्डै २५ करोड लाग्ला, खुर्कोट सबस्टेशन नजिकै १३२÷३३ केभीमा १० देखि २० एमभिए ट्रान्सर्फमर राखेर सिधै बागलुङ जोड्न सकिन्छ भने म्याग्दी पनि त्यसैगरी जोड्न सके धौलागिरीका चार जिल्लाकै अनियमित विद्युत कटौतीको समस्या हटेर जानेछ” गोशलीले भन्नुभयो “धौलागिरीमा विद्युत क्षेत्रका लागि नयाँ प्रसारण लाइन तथा सबस्टेशन कोशे ढुङ्गा सावित हुनेछ ।”

यस्तै, कुश्मिशेरा सव–स्टेशन निर्माणको क्रममा रहेकाले त्यसलाई पर्वत जिल्लाबाट जोड्न सकिनेछ । जसका कारण ठेउलेखोला जलविद्युत आयोजना समेत सबस्टेशनमा जोड्न सहज हुनेछ । बिद्युत नियमित भए २५ प्रतिशत व्यवसाय बढ्ने होटल व्यवसायी संघ गण्डकी प्रदेशका संयोजक तथा पर्यटन व्यवसायी अर्जुन चोखालको भनाई छ । “निकै फाइदा हुन्छ, इन्र्भटर बिग्रेको बिग्रेकै हुन्छ, एसी मर्मत गर्न निकै खर्च लाग्छ” चोखालले भन्नुभयो “नियमित विद्युत आपुर्तिले हरेक व्यवसायलाई फाइदा पु¥याउँछ ।”

बिद्युत आपूर्ति नियमित भए विद्युतीय उपकरण खरिद तथा मर्मत सम्भारको रकम बचत हुनेछ । प्रसारण लाइनमा दुई ठूला आयोजना घलेम्दी र थापाखोला जलबिद्युत आयोजना जोडिएको प्रसारण आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताउनुभयो । सबस्टेशन सहित ३९.६ किलोमिटर दूरीको दाना–खुर्कोट प्रसारण लाइन र निर्माण गर्न टाटा–चिन्ट इलेक्ट्रिक जेभीले दुई अर्ब ९० करोडमा ठेक्का लिएर काम सम्पन्न गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *