ग्याँस लिक हुँदा बागलुङ बजारको एक रेष्टुरेन्टमा आगलागी

आदर्श अनलाइन,बागलुङ

बागलुङ सदरमुकामको मुख्य बजारको एक रेष्टुरेन्टमा आगलागी भएको छ ।

बानपा-२ लोकतान्त्रिक चोकको नजिकै रहेको ग्रील एण्ड चिलमा मंगलबार दिउँसो अचानक आगलागी भएको हो ।

रेष्टुरेन्टमा लागेको आगो केहीबेरमै बागलुङ नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए ।

किचनमा ग्यास लिक भई आगालागी भएको अनुमान गरिएको छ । आगलागीबाट किचन पुर्ण रुपमा क्षती भएको छ भने नगद र जिन्सि समेत गरी १० लाख बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक हवारीले आदर्श अनलाइनलाई जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *