बालिका बलात्कार गर्ने किशोरलाई ८ वर्ष कैद

आदर्श अनलाइन, बागलुङ ।

बालिका बलात्कार गर्ने १८ वर्षीय किशोरलाई जिल्ला अदालात बागलुङले ८ वर्ष कैद सजाय फैसला गरेको छ ।

१४ वर्षीया बालिकालाई बलात्कार २०७७ कात्तिक १५ गते बलात्कार गरेको आरोपमा पक्राउ परेका बागलुङ नगरपालिका–१० का किशोरलाई जिल्ला न्याधिश बासुदेव न्यौपानेको चैत २ गतेको आदेशले बलात्कार गरेको कसुर ठहर गर्दै सजाय निर्धारणको लागि पेश गरेको थियो ।

न्याधिश न्यौपानेकै चैत १९ गतेको इजलाशले किशोरलाई ८ वर्ष केद सहित पीडित बालिकालाई ६० हजार रुपैयाँ क्षतीपूर्ती र १ हजार ३ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा हुने गरि अन्तिम आदेश सुनाएको हो ।

जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ३६ को उपदफा ३ बमोजिम कसुर निर्धारण गरिएको भन्दै किशोरले बाल सुधार गृह सराङकोटमा कैद भुक्तान गर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *