ताराखोला बलात्कार प्रकरण : वनलाई ७ वर्ष कैद

आदर्श अनलाइन, बागलुङ

१९ वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले ७ वर्ष कैद सजाय फैसला गरेको छ ।

बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्याधिश बासुदेव न्यौपानेको चैत २५ गतेको इजलाशले बलात्कार कसुर ठहर गर्दै ७ वर्ष कैद सजाय फैसला गरेको हो ।

कैद सँगै वनले पीडित युवतीलाई ८० हजार रुपैयाँ क्षतीपूर्ती समेत दिनुपर्ने फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

२०७७ असार १७ गते एक युवतीलाई बलात्कार गरेको अरोपमा वनलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो ।

प्रहरीले अनुसन्धान पुरा गरि जिल्ला सरकारी वकिलको कार्यालय मार्फत साउन ११ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी शिर्षकमा मुद्धा दर्ता गरेको थियो ।

वन जिल्ला अदालत बागलुङको साउन १२ गतेको आदेशले हालसम्म जिल्ला कारागार बागलुङमा पुर्पक्षको लागि थुनामा रहेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *