अविश्वास प्रस्तावमा धक्काः गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य

आदर्श अनलाइन, पोखरा

अविश्वास प्रस्ताव रोक्न गण्डकी प्रदेश सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको छ ।

अधिवेशन अन्त्य गर्न प्रदेश सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । बुधबार राती १२ बजे प्रदेश सरकारको सिफारिस अनुसार गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको पत्र प्रदेश प्रमुख अमिक शेरचनले सभामुखलाई दिएका छन् ।

अधिवेशन अन्त्य भएको सूचना प्रदेश सभा सचिवालयमा पुगिसकेको छ । आज साढे १० बजे अधिवेशन अन्त्य सम्बन्धी सूचना संसदमा आइपुगेको प्रदेश सभाका सचिव हरिराज पाेखरेलले जानकारी दिए ।

गण्डकीमा माओवादी र कांग्रेस मिलेर नयाँ सरकार बनाउने सहमति गरेका छन् । त्यसका लागि बिहीबार नै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुँदै थियो । तर अविश्वास प्रस्ताव रोक्न प्रदेश प्रमुख शेरचनले मध्यरातमै प्रदेशसभा अन्त्य गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *