चैते दशैंमा गण्डकी प्रदेशमा सार्वजनिक विदा

आदर्श अनलाइन, पोखरा

चैते दशैंमा गण्डकी प्रदेशभर सार्वजनिक विदा हुने भएको छ ।

वैशाख ७ गते परेको चैते दशैंमा विदा दिने प्रदेश सरकारले निर्णय गरेको छ । चैत १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशमा चैते दशैंसहित ५ चाडपर्वमा विदा दिने गरी राजपत्रमा प्रकाशित गरेको हो ।

राजपत्र अनुसार ०७८ सालमा चैते दशैंसहित ईद, तमुल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारलाई बिदा दिने निर्णय गरिएको हो । प्रदेश सरकारलाई वर्षमा बढीमा ७ दिन बिदा दिने अधिकार दिइएको हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *