कोरोनाबाट गण्डकी प्रदेशमा एकैदिन २८ को मृत्यु

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा २८ जना संक्रमितले ज्यान गुमाएका छन् ।

योसँगै प्रदेशमा कोराना मृतकको संख्या ३ सय ८३ पुगेको छ ।

कास्कीमा ९, स्याङ्जामा ७, तनहुँमा ३, लमजुङ, बागलुङ र नवलपुरमा २/२ संक्रमितले ज्यान गुमाएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । मुस्ताङ, म्याग्दी र गोरखामा १/१ जनाको निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयको विज्ञप्ति अनुसार हिमाल पारिको जिल्ला मुस्ताङ मुक्तिनाथ १ का ३३ वर्षीय संक्रमित पुरुषको मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ । उनमा २५ वैशाखमा कोरोना संक्रमण देखिएको थियो । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ रानिपौवाका ३३ वर्षीय युवाको पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कोरोना सक्रमित युवाको मुस्ताङमा एन्टिजेन र पिसिआर परिक्षण गर्दा कोराना पोजेटिभ देखिएको थियो ।

कोरोना पोजेटिभ देखिएका ती युवाको स्वास्थ्य गम्भीर भएपछी एकसाता अघि हेलि मार्फत पोखरा पुर्‍याइएको थियो । योसगै मुस्ताङमा कोरोनाबाट मृत्यु हुनेको सख्या २ पुगेको छ ।यसअघि कोरोनाका कारण मुस्ताङमा ७२ बर्षिया महिलाले ज्यान गुमाएकी थिइन् । कोरोनाको दोस्रो लहर सगै हिमाली जिल्ला मुस्ताङमा संक्रमितको सख्या १ सय १३ पुगेको छ । जसमा १७ जना निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *