अदालतबाट जनमतको कदर भयो, कांग्रेस गठबन्धनलाई स्विकार्न सक्दिन : थापा


–आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेश सांसद कृष्ण थापाले आफ्नो सांसद पद पुर्नवाहली गर्नु भनेको जनताको भावनामाथिको कदर भएको बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चाबाट निर्वाचित बागलुङ क्षेत्र नम्बर १ (ख) सांसद थापालाई पार्टीको निर्देशन नमानेको भन्दै पद मुक्त गरेको थियो । पद मुक्त सांसद थापाले सर्वोच्च अदालतमा पुर्नवहालीको रिट दर्ता गराउनुभएको थियो ।

सर्वोच्च अदालतले आज गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापाको पद खारेज नगर्न अन्तरिम आदेश दिएपछि जागरणसंग कुरा गर्दै थापाले जनताको भावनामाथि अदालतले कदर गरेको भन्दै थप ससक्त भएर आफ्नो जिम्मेवारी पुरा गर्ने बताउनुभयो ।

“कांग्रेसलाई सरकार बनाउन आफ्नै पार्टीले कार्वाही ग¥यो, जनताको भावना विपरित जादिन भन्ने अडान कायमै थियो” सांसद थापाले भन्नुभयो “सांसद पद अदालतले पुर्नवहाली गरेको छ,मैले आफ्नो अडान छोड्दीन अब पनि कांग्रेसको गठबन्धनलाई सहयोग कदापी गर्दिन ।” थापाले आफ्नो क्षेत्रमा विकास निर्माणले गति लिएकोमा सांसद पद जादा जनातामा निरास भएको भन्दै अब अधुरा बन्न लागेका विकास निर्माण पुरा हुनेमा आशावादी भएको बताउनुभयो । सांसद पद रहेपनि पार्टीको कार्वाही कायमै रहेको भन्दै थापाले पार्टीले समेत कार्वाही फुकुवा गर्नेमा आशावादी भएको बताउनुभयो ।

“जनमोर्चा अझै हिमालको डाँफेको जस्तै छाती भएको पार्टी हो भन्न्े लाग्छ, फिस्टे चराको जस्तो छाती हुनुहुदैन” थापाले भन्नुभयो । उहाँले कम्युनिष्ट मिल्नुको बिकल्प नभएको समेत जीकिर गनूृभयो । रष्ट्रिय जनमोर्चाको कारबाही पछि निस्कासित भएका थापाको बारेमा सर्वोच्चमा दिएको रिटमा आइतबार सुनुवाई न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको हो । उनलाई पार्टीले २० जेठमा पार्टी विधान विपरीत काम गरेको भन्दै सांसद पद खारेज गर्नका लागि संसद सचिवालयमा पत्र पठाएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *