अन्ततः गण्डकी प्रदेशको मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नियुक्त

आदर्श अनलाइन, पोखरा

तीव्र राजनीतिक घटनाक्रम र संशयका बिच गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्नुभएको थियो । अब उहाँले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।

अन्तिम समयमा मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुले पनि राजमो कारबाही पछि सर्वोच्चबाट थमौती पाउनुभएका सांसद कृष्ण थापा र जनता समाजवादी पार्टी प्रदेश कमिटीको पत्र सहित दाबी पेश गर्नुभएको थियो । तर,उक्त दाबी नपुगेको भन्दै प्रदेश प्रमुख पौडेलले पोखरेललाई नियुक्ति गर्नुभएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *