कोरोनाबाट बागलुङमा ५२ को ज्यान गयो,आज थप दुईको मृत्यु

फाइल तस्बिर

आदर्श अनलाइन,बागलुङ

कोरोना संक्रमणबाट बागलुङमा थप दुई जनाको ज्यान गएको छ ।

यो सँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

धौलागिरी अस्पतालमा उपचाररत बागलुङ नगरपालिका–३ का ८२ वर्षिय पुरुष र बडिगाड गाउँपालिका–२ का ६८ वर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

बानपा २ का बृद्धाको धौलागिरी अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उहाँको सोमबार साँझ ६ बजे उपचारको क्रममा निधन भएको हो भने कोरोनाको लक्षण पछि जेठ १९ गते धौलागिरी अस्पताल भर्ना भएका बडिगाड–२ का ६८ वर्षिय पुरुषको सोही दिन कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । जटिल प्रकारको कोभिड निमोनियाको समस्या देखिएका उनको उपचारको क्रममा मंगलबार विहान ११ बजे मृत्यु भएको धौलागिरी अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *