बर्खामा नदी उत्खनन गर्ने निर्णयबाट अन्ततः गाउँपालिका पछि हट्यो

फाइल तस्बिर

आदर्श अनलाइन,बागलुङ

पर्वत जिल्लाको जलजला गाउँपालिकाले अन्ततः बर्खायाममा पनि नदीजन्य पदार्थको उत्खननमा रोक लगाएको छ ।

ढुंगा, गिटी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा ४ (१३) बमोजिम जलजला गाउँपालिका क्षेत्र भित्र वर्षात्को समयमा बगेर जाने बालुवा कालीगण्डकी नदीबाट हार्भेस्टिङ गरि बिक्री गर्न असार ६ गते सूचना प्रकाशन गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले मंगलबार सार्वजनिक सूचना जारी गर्दै हाललाई यो कार्य स्थगित गरिएको बताउनुभएको छ ।

यसै साता मात्रै जलजला गाउँपालिकाले बर्खायाममा पनि नदीजन्य पदार्थ उत्खनन र निकासीका लागि ठेक्का लगाउने निर्णय गरेको थियो । लामाखेत स्थित गाउँपालिकाको कार्यालयमा शनिबार अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले कालीगण्डकी नदीमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ को दफा ९४० १३ बमोजिम ठेक्का लगाउने निर्णय गरेको थियो।

धेरैजसो स्थानीय तहले मनसुन शुरु भएर सतह बढेपछि नदीजन्य वस्तुको उत्खननमा रोक लगाए पनि जलजलाले भने यो समयमा हुने चोरी निकासी र राजस्व चुहावट रोक्न नयाँ कार्यविधिमा टेकेर ठेक्का प्रक्रिया शुरु गर्न लागे पछि कालीगण्डकी बचाउ अभियान लगायत सर्वसाधारण नागरिकले पनि सामाजिक सञ्जाल लगायतमा चर्को आलोचना गरेका थिए ।

यस विषयमा सोमवार मात्रै सर्वोच्चले पनि नदीजन्य पदार्थ उत्खनन नगर्न सर्वोच्च अदालतले पनि अन्तरिम आदेश जारी गरेको थियो ।

यस्तो छ विज्ञप्ती:

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *