गण्डकी प्रदेशमा कोरोनाः ५० हजार २ सय ५८ जनाले जिते कोरोना

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमामा अहिले २ हजार ७ सय ३३ जना कोरोनाका संक्रमित रहेका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ३ सय ४७ जना कोरोनामुक्त भएका छन् ।

यो संगै प्रदेशमा कोरोना मुक्त हुनेको संख्या ५० हजार २५८ पुगेको छ। हाल सम्म ९ लाख ३१ हजार ९ सय ३२ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा ५३ हजार ९ सय २१ जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्रबार पनि गण्डकीमा थप ६ जनाको मृत्यु पुष्टि भएको छ । शुक्रबार मृत्यु हुनेहरुमा कास्कीका दुई जना, नवलपुरका तीन जना र स्याङ्गजाका एक जना छन् । अहिले सम्म गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ सय २० पुगेको निर्देशनालयले जनाएको छ।

शुक्रबार गण्डकीमा थप २१३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १ सय ७ जनामा गरिएको नमुना परीक्षणमा कास्कीका १०३ जना, तनहुँका पाँच जना, गोरखाका छ जना, नवलपुरका ३७ जना र स्याङ्गजाका चार जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, पर्वतका २० जना, बागलुङका २५ जना र म्याग्दी जिल्लाका १३ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *