गलकोटमा एक व्यक्ति चार दिनदेखि बेपत्ता,खोजी कार्यमा कुकुरको प्रयोग

आदर्श अनलाइन,गलकोट

जिल्लाको पश्चिम गलकोटका एक व्यक्ति सम्पर्क विहिन भएको चार दिन सम्म अझै भेटिएका छैनन् ।

गलकोट नगरपालिका वडा नम्वर ६ कायसका ७० बर्षिय क्षेत्रबहादुर बुढाथोकी गत असार १० गतेदेखि सम्पर्क विहिन हुनुभएको थियो । बुढाथोकी घर देखी केही माथी रहेको खरबारीमा घासँ काट्न गएको र सोही स्थानबाट हराउनु भएको परिवारले जनाएको छ ।

शुक्रबार विहानदेखि प्रहरी, वडा नम्वर ६ का जनप्रतिनिधी तथा स्थानीयबासी समेत ६० जना भन्दा बढीले गलकोट गरपालिका वडा नम्वर ६ को कायस देखी माथिको क्षेत्र, सामुदायिक बनमा खोजी गरे पनि फेला नपारे पछि चिन्तित तुल्याएको गलकोट नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष नर बहादुर खत्रीले जानकारी दिनुभयो ।

हसिँया खुर्पेटो, पानी कागज साथमा घासँ बाध्ने डोरी र बोक्ने नाम्लो लिएर घरबाट जानुभएको थियो । त्यस यता निरन्तर खोजी कार्य जारी राखिए पनि फेला पार्न नसकिएको वडा अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

यो अपहरण या अन्य भवितव्य घटना भएको भन्ने केही खुल्न सकेको छैन । परिवार र अनुसन्धानमा निरन्तर लागिरहेको प्रहरीले पनि यसबारे केही नखुलेको जनाएको छ । जिल्ला सुरक्षा संयन्त्रको समन्वयमा पोखराबाट कुकुर सहितको प्रहरीको बिशेष प्राविधिक टोली झिकाएर शनिवार खोजी कार्यलाई थप तीब्र पारिएको छ ।

पोखराबाट प्रहरी नायव निरीक्षकको नेतृत्वमा रेस्क्यू र क्याकर डग सहितको प्राविधिक टोलीले खोजी कार्य थालेको छ । बुढाथोकीले लगाएका कपडा सुँघाएर र उहाँ गएको स्थानलाई पछ्याएर कुकुर परिचालन गरेर खोजी कार्य जारी राखिएको प्रहरी नायव निरीक्षक बिक्रम बहादुर थापाले बताउनु भयो । थापाका अनुसार दुइ कुकुरको फरक फरक जिम्मेवारी अनुसार काम गर्नेछ ।

जिल्ला प्रशासन र प्रहरी कार्यालयबाटबाट समेत प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक सहितको टोली पनि घटनास्थल तर्फ आएको स्थानीयले बताएका छन् । पहिलो कुरा अवस्था पत्ता लगाउनु नै रहेको र त्यसपछि मात्रै थप कारणबारे अनुसन्धान अघि बढाइने थापाको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *