कालीगण्डकी डाइभर्सन परियोजना प्रति ‘कालीगण्डकी बचाऔं अभियान’को ध्यानाकर्षण (विज्ञप्ती सहित)

–आदर्श अनलाइन, बागलुङ

कालीगण्डकी संरक्षणका लागि युवाहरुको सञ्चालन गर्दै आएको ‘कालीगण्डकी बचाऔं अभियान’ले कालीगण्डकी डाइभर्सन अघि बढाइएको प्रति गम्भिर ध्यानआर्कषण भएको जनाएको छ ।
कालीगण्डकी बचाऔं अभियानमा कालिगण्डकीले छोएका जिल्लाका युवाहरुको स्वतस्फूर्त सहभागी समेत रहदै आएको छ ।

अवैध कालिगण्डकी दोहनको विरुद्धमा उत्रदै आएको कालीगण्डकी बचाऔं अभियानले आज एक प्रेस विज्ञप्ती निकाल्दै कालिगण्डकी सभ्याता मासिने खतरा भएको बन्दै कालिगण्डकी डाइभर्सन योजना तत्कालै रोक्न माग गरेको छ ।

कालीगण्डकी नदिबाटै गण्डकी प्रदेशको समेत नामाकरण भएको र कालीगण्डकी सभ्यता कालीगण्डकीमा निर्भर रहेकाले यसलाई तत्कालै रोक्न प्रेस विज्ञप्ती मार्फत ध्यानआर्कषण गराइएको छ ।

कालीगण्डकी नदिको महत्व नबुझेर सिंगो नदि एकातर्फ फर्काउने योजना कदापी स्विकार्य नभएकाले सिंगो कालिगण्डकी बचाऔं अभियानको तर्फबाट प्रेस वित्रप्ती जारी गरी ध्यानआर्कषण गराइएको ‘कालीगण्डकी बचाऔं अभियान’का अभियान्ता आरके अदिप्त गिरीले बताउनुभयो । नदि डाइभर्सन गर्दा कुमाल, बोटे लगायतका हजारौं समुदायका मानिसको जीविकोपार्जन संकटमा पर्ने प्रेस वित्रप्तीमा उल्लेख गरिएको छ ।


शालिग्राम पाइने एक मात्र नदी कालिगण्डकी नदि र यो संग जोडिएको धर्म, संस्कृति सबै लोप भएर जाने खतरा भएकाले उक्त परियोजना सदैका लागि बन्द गर्न विज्ञप्ती मार्फत भनिएको छ । “नदिलाई नदिकै बाटो हिड्न नदिनुको परिणाम अहिले हेन पछि देख्नेछौं” विज्ञप्तीमा भनिएको छ “कालीगण्डकी नदिको वैज्ञानीक र व्यवस्थित उपयोग गर्दै सध्यता जोगाउन एक जुट हुनुको विकल्प छैन ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *