मुस्ताङमा काठेपुल भाँचिदा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

एसके थकाली, मुस्ताङ

जिल्लाको घरपझोङ -५ ठिनी खोलामा कच्ची काठेपुल तर्ने क्रममा आइतबार विहान ट्रक पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना सामान्य घाइते भएका छन् ।

म्याग्दीबाट मुस्ताङको घरपझोङ-५ स्थित कुछ्प तेरङ्गा गुम्बा भवनका लागि निर्माण सामाग्री लिएर गएको ग १ ख ६८५२ नम्बरको मालवाहक ट्रक अस्थायी जीर्ण काठेपुल लोड थाम्न नसकी भाँचिन पुग्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार जोमसोमदेखि करिब ३ किलोमिटरको दुरीमा पर्ने जोमसोम-ठिनी-धुम्बा भित्रि कच्ची सडकमा ट्रक दुर्घटना हुँदा रामेछाप जिल्ला गोकुल गंगा गाउँपालिका-१ बस्ने वर्ष ३८ का चित्रबहादुर श्रेष्ठ र वर्ष २६ की मनिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।

ठिनी खोलाको अस्थायी पुल भाँचिदा जिल्ला बाग्लुङ ढोरपाटन(५ अधिकारी चौर बस्ने २२ वर्षीय सुनिल घर्ती मगर ,सोही स्थानका २५ वर्षीय लुद्रबहादुर कामी,जिल्ला पर्वत जलजला गाउँपालिका(४ १८ वर्षीय सहचालक दिनेश दर्जी र जिल्ला ओखलढुङ्गा खिन्दीदेम्बा—७ बस्ने वर्ष २९ का दावा शेर्पा घाइते भएका छन् । घाइतेहरुको जोमसोम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार ट्रकमा चालकसहित ७ जना सवार रहेको जनाइएको छ । दुर्घटनामा मृत्यु भएका शवको पोष्ट मार्टमका लागि जोमसोम अस्पतालमा ल्याइएको छ भने ट्रकका चालक शिवराम ठाडालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *