पर्यटन मन्त्री शर्माको पहिलो निर्णयः पर्यटन व्यवसायी र मजदुरलाई खोप, एक करोडको राहत प्याकेज

आदर्श अनलाइन,पोखरा

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कंडेलले आइतबार पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहणका लागि मन्त्रालय पुग्नु भएका मन्त्री शर्मालाई मन्त्रायलका सचिव डा.महेश्वर ढकाल, महाशाखा प्रमुख उमा गौतम कोइराला ,इमनाथ कँडेल, गोकुल शर्मा पौडेल लगायत कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।

पदभार ग्रहणसँगै मन्त्री शर्माले पहिलो दुई वटा महत्वपूर्ण निर्णय गर्नुभएको छ । उहाँले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसाय र त्यहाँ कार्यरत मजदुरलाई खोप लगाउन सहजीकरण गर्ने निर्णय गर्नुभएको छ । यस्तै, पर्यटन व्यवसायीका लागि एक करोडको राहत प्याकेज विनियोजन गर्ने निर्णय गर्नुभएको छ ।

त्यस लगत्तै मन्त्री शर्माले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । उहाँले उच्च मनोबलका साथ ढुक्क भएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । ‘कर्मचारी नै स्थायी सरकार हुनुहुन्छ, उहाँले भन्नुभयो, सेवाग्राहीको आवश्यकता सम्बोधन गर्ने गरि काम गर्नहोस् ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *