मुस्ताङका ५ पालिकामा २४ करोड ४८ लाख बजेट फ्रिज

एसके थकाली,मुस्ताङ

आर्थिक वर्ष २०७७/७८ मा संघ तथा प्रदेश सरकारमार्फत बिनियोजित विभिन्न शीर्षकमा आएको अनुदानको २४ करोड ४८ लाख ९४ हजार बजेट फ्रिज भएको छ ।

संघ तथा प्रदेशबाट आएको १ अर्ब ७२ करोड ४६ लाख ६८ हजार स्थानीय तहलाई हस्तान्तरण भएको थियो । तर, मुस्ताङका ५ स्थानीय तहले सो बजेटमा १ अर्ब २२ करोड ५९ लाख ३७ हजार मात्र खर्च गरेका छन् ।

स्थानीय तह संचित कोष व्यवस्थापन प्रणाली ९ सुत्र ०को तथ्यांक अनुसार जिल्लाका ५ स्थानीय तहले चालुतर्फ ६५ करोड ८५ लाख र पुँजिगततर्फ ५६ करोड ७४ लाख बजेट खर्च गरेका हुन् । संघ तथा प्रदेश मार्फत हस्तान्तरण भएको कुल बजेटमा चालुतर्फ ६४ प्रतिशत र पुँजिगततर्फ ७२ प्रतिशत खर्च भएको हो ।

मुस्ताङका स्थानीय तहलाई संघ तथा प्रदेशबाट आएको शसर्त, विशेष र समपुरक शिर्षकको २४ करोड ४८ लाख ९४ हजार खर्च नभइ फ्रिज भएको हो भने संघ तथा प्रदेशको बित्तिय समानिकरण,अन्य चालु ,राजश्व बाँडफाँट र स्थानीय तहको आन्तरिक श्रोतको बजेट गरी फ्रिज नहुने कुल २५ करोड ३८ लाख ३६ हजार बजेट खर्च हुन नसकेको हो । योसँगै मुस्ताङका ५ वटै स्थानीय तहलाई हस्तान्तरण भएको बजेटमा ४९ करोड ८७ लाख ३२ हजार बजेट खर्च हुन नसकेको हो ।

आर्थिक वर्ष २०७७र०७८ मा मुस्ताङको थासाङमा १२ करोड २३ लाख ७६ हजार ,लोघेकर दमोदरकुण्डमा ३ करोड ५० लाख ८७ हजार,लोमान्थाङमा १० करोड ५३ लाख ७६ हजार ,घरपझोङमा १० करोड ४४ लाख ७८ हजार र वारागुङ मुक्तिक्षेत्र गापामा १३ करोड २४ लाख ४५ हजार बजेट खर्च हुन नसकेको हो ।

जसमध्ये संघ तथा प्रदेशको बिभिन्न शिर्षक अन्तर्गत थासाङको ५ करोड ५४ लाख ९८ हजार ,लोघेकर दामोदरकुण्डको ३ करोड ६ लाख ९२ हजार,लोमान्थाङको ४ करोड ११ लाख ७२ हजार ,घरपझोङको ७ करोड ३५ लाख २५ हजार र वारागुङ मुक्तिक्षेत्र गापाको ४ करोड ७८ लाख २२ हजार बजेट फ्रिज भएको छ ।

यस्तै,खर्च हुन नसकेको तर फिर्ता गर्न नपर्ने संघ तथा प्रदेशको समानिकरण,अन्य चालु,राजश्व बाँडफाँट र आन्तरिक श्रोत अन्तर्गत थासाङको ६ करोड ६८ लाख ८७ हजार ,लोघेकरको ४३ लाख ६१ हजार,लोमान्थाङको ६ करोड ३२ लाख ४ हजार ,घरपझोङको ३ करोड ९ लाख ५३ हजार र वारागुङ मुक्तिक्षेत्र गापाको ८ करोड ४६ लाख २२ हजार बजेट चालु वर्ष खर्च गर्ने गरी संम्वन्धित स्थानीय तहकै संञ्चित कोषमा जम्मा भएको छ ।

आ।व। २०७७र०७८ मा सबै भन्दा बढी बजेट घरपझोङ गापाको फ्रिज भएको छ भने सबैभन्दा कम बजेट लोघेकर दामोदरकुण्ड गापाको फ्रिज भएको स्थानीय तहको सुत्रमा उल्लेख गरिएको छ ।यस्तै, खर्च नभएको तर फिर्ता गर्नु नपर्ने बजेटमा सबै भन्दा कममा लोघेकर दामोदरकुण्डको बजेट रहेको छ भने सबैभन्दा बढी बजेट वारागुङ मुक्तिक्षेत्र गापाको छ ।

मुस्ताङका स्थानीय तहले कुल बजेटको झन्डै ४० प्रतिशत बढी बजेट खर्च गर्न नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय मुस्ताङले जनाएको छ । कोष नियन्त्रक डालेश्वर अर्यालले स्थानीय तहले क्षमताभन्दा बढी बजेट माग गर्ने गरेको र सो बजेटमा केही प्रतिशत सरकारले घटाएर बजेट हस्तान्तरण गर्दा समेत लक्ष्य अनुसार खर्च गर्न नसकेको बताउनुभयो ।

स्थानीय तहमा अपेक्षा गरेअनुरुप बजेट खर्च नहुनुमा योजना समयमानै सूचारु हुन नसकेको ,कोरोना कहर ,पालिकामा जनशक्तिको अभाव ,योजना छनौट उपयुक्त नभएकाले कार्यान्वयन हुन नसकेको,आ।व।को अन्तिम समयमा बजेट तथा कार्यक्रम प्राप्त भएकाले योजना कार्यान्वयन गर्न समयको अभाव भएको र स्थानीय तहका सरोकारवाला निकायबीच आयोजना समिक्षा नभएकाले बजेट कार्यान्वयन हुन नसकेको कोष तथा लेखा नियन्त्रक अर्यालको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *