गण्डकी प्रदेशमा ५१० जनामा कोरोना पुष्टि,थप ८ जनाको मृत्यु

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा थप ५१० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार १०५ जनामा गरिएको नमूना परीक्षणमा ५१० जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २४५ महिला र २६५ जना पुरुष छन् ।

प्रदेशका ९ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै लमजुङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार कास्की १६९, बागलुङ १२२, स्याङ्जा १०३, म्याग्दी ३, पर्वत ५२,गोरखा २७, लमजुङ २ तनहुँमा १७ र नवलपुरमा १५ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२ हजार ५१ पुगेको छ ।

प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–७ की ४६ वर्षीय महिला, पोखरा–१९ का ५६ वर्षीय पुरुष, पोखरा–३२ का ६२ वर्षीय पुरुष, पोखरा–१४ का ७५ वर्षीय पुरुष, पोखरा–१० का ८१ वर्षीय पुरुष, पोखरा–५ का ५० वर्षीय पुरुष र पोखरा–३ की ५६ वर्षीय महिलाको पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

आइतबार मृत्यु भएका आठजना मध्ये ७ जना पोखराका मात्र छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १३६ जना पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म ६५ हजार १६४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा आइतबार मात्र संक्रमणमुक्त हुनेको संख्या ६२५ छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हाजार ७५१ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *