गण्डकीमामा ५७७ मा कोरोना पुष्टि,बागलुङमा ६० जना संक्रमित

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा थप ५७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २०४ जनामा गरिएको नमूना परीक्षणमा ५७७ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २८७ महिला र २९० जना पुरुष छन् ।

प्रदेशका १० जिल्लामा गरिएको नमूना परीक्षणमा सवै भन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै मुस्ताङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार कास्की १९६, बागलुङ ६०, स्याङ्जा ८६, म्याग्दी ७, पर्वत ५, गोरखा ४९, लमजुङ ६२ तनहुँमा १३ र नवलपुरमा ९८ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२ हजार ६२८ पुगेको छ ।

गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१६ की ७० वर्षीय महिला, म्याग्दी मालिका–४ का ९० वर्षीय पुरुष, तनहुँ ब्यास नगरपालिका–१ का ४९ वर्षीय पुरुष, स्याङजा पुतली बजार–१३ की ६७ वर्षीय महिला र नवलपरासी पूर्व, कावासोती–१६ का ८२ वर्षीय पुरुष रहेका छन् ।

उनीहरुको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १४१ जना पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म ६५ हजार ५९१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा आइतबार मात्र संक्रमणमुक्त हुनेको संख्या ४२७ रहेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८९६ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *