बागलुङको बडिगाडमा करेन्ट लागेर २२ वर्षीय युवकको मृत्यु

आदर्श अनलाइन,बागलुङ

जिल्लाको बडिगाड गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

बडिगाड गाउँपालिका-५ का दाँग घैयाबारीका २२ वर्षीय रेमश पाइजाका करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

सिमाकमा फुपुको घरमा मोबाईल चार्ज गर्ने क्रममा विद्युत सर्ट भई पाइजाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो। सिमाक स्थायी घर भई दाँगमा डेरा गरेर बस्दै आएका पाईजा आफ्नो घरमा विद्युत नभएपछि श्रीमतीको फुपुकोमा मोबाईल चार्ज गर्न भनेर जानुभएको थियो।

मृतक पाईजाका श्रीमती र १८ महिनाकी छोरी छन्। घटनाबारे जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र ग्वालीचौर प्रहरी चौकीबाट प्रहरीले टोली पुगेको थियो।

मृतकको शव पोष्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *