मुस्ताङको जोमसोम-कागबेनी सडक कालोपत्रे

एसके थकाली, मुस्ताङ

बेनी-जोमसोम-कोरला सडक खण्ड अन्तर्गत जोमसोम-कागबेनी १३ किमी ग्राभेल सडकमा अस्पाल्ट कालोपत्रेको पूर्व तयारी सुरु भएको छ ।

दुई वर्षअघि निर्माण सम्पन्न भई कालिगण्डकी करिडोर कार्यालयलाई हस्तान्तरण भईसकेको जोमसोम-ताङ्वे ग्राभेल सडक अन्तर्गत १३ किमी सडकमा कालोपत्रेको पूर्व तयारी स्वरुप सर्वेको काम अघि बढाईएको छ ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोमसोम-कागबेनी ग्राभेल सडकमा कालोपत्रेका लागि गत चैत्रमा ४० करोड बजेट बिनियोजन गरेको थियो। बजेट बिनियोजन भएसँगै कालिगण्डकी करिडोरले जोमसोम-कागबेनी सडक कालोपत्रेका लागि टेन्डर आह्वान गरेको थियो ।

जोमसोम(कागबेनी सडकमा कालोपत्रे गर्ने जिम्मा रौटाहारआत्रेयरसारस जेभीले लिएको कन्ट्रक्सनका सब-इन्जिनियर भुवन शिवाकोटीले जानकारी दिए। कन्ट्रक्सनले भ्याटसहित २८ करोडमा अस्पाल्ट कालोपत्रे गर्ने सम्झौता गरेको उनको भनाई छ । उनका अनुसार जोमसोम-कागबेनी सडकअन्तर्गत मुख्य सडकमा १२ किमीमा कालोपत्रे गरिने र यसका अतिरिक्त कागबेनी श्राद्धस्थलबाट मुख्य सडकसम्मको १ किमी दुरीमा गरी कुल १३ किमी सडकमा कालोपत्रे गरिने छ ।

ुकालापत्रेको जिम्मा हामीले पाईसकेका छौं,उनले भने,ुअब यसको फाईनल सम्झौताको अन्तिम तयारी भईरहेको छ ।ु उनले काम गर्ने पूर्व सुनिश्चितता भईसकेकाले अहिले कालोपत्रेको सर्बे गर्ने काम धमाधम अघि बढाईएको बताए ।

कालोपत्रे सडकको सर्वेका लागि शिवाकोटीसहितको टोली कार्यस्थलमा खटिएका छन् । उनीहरुले कालोपत्रेको पूर्व तयारी स्वरुप ग्राभेल सडकको लेभल नाप जाँच,कालिगण्डकी नदीले सडक संरचनामा क्षति पूर्याएको स्थानको पहिचान गर्ने ,सडकको चौडाई मापन गर्ने लगायतको सर्बे गरिएको जनाईएको छ । नाली नभएको स्थानमा नाली निर्माण गरी सडक स्टक्चर मिलाएर कालोपत्रे गरिने छ ।

जोमसोम-काबगेनी सडकखण्डको कालोपत्रेको सम्झौता अवधि ३० महिनाको रहने शिवाकोटीले बताए । सम्झौता अनुसार जोमसोम-कागबेनी अस्पाल्ट कालापत्रेको काम २०८० साल फागुनमा सकिने छ । यस सडकको कुल १३ किमी सडकमा ८ मिटर चौडाईको अस्पाल्ट कालोपत्रे गरिने छ ।

यस्तै,बेनी-जोमसोम ७६ किमी सडकको ३ प्याकेजमा यसअघि गत जेठ देखिनै कालापत्रेको काम अघि बढाईएको थियो। बेनी-जोमसोम सडकको पहिलो प्याकेजमा शर्मा युनाईटेड निर्माण कम्पनीले डीबीएसडी प्रविधिको कालोपत्रेको कामअघि बढाएको छ ।

शर्मा गजुरमुखी जेभी र पप्पुरगौरी एण्ड पार्वती जेभीले मुस्ताङ खण्डको घाँसा देखि जोमसोमसम्म कालोपत्रे गर्ने उद्देश्यसहित कालोपत्रे गर्ने काम सुरु गरेको कालिगण्डकी करिडोरले जनाएको छ ।

उत्तरी छिमेकी देश चिनसँग सीमाना जोडिएको जोमसाम-कोरला सडकखण्डअन्तर्गतको कुल ७ प्याकेज मध्ये ४ वटा प्याकेज करिडोर सडक कार्यालयलाई हस्तान्तरण भईसकेको छ भने बेनी-जोमसोम सडकको कुनै पनि प्याकेज सम्पन्न हुन सकेको छैन । जसमध्ये जोमसोम-कोरला सडकको पहिलो प्याकेजको ग्राभेल सडकमा कालोपत्रेको तयारी अघि बढेको हो ।

यस्तै बाँकी रहेको ३ प्याकेज मध्ये २ प्याकेजको काम असोजमा सकिने कालिगण्डकी करिडोरले जनाएको छ । २०७४ सालदेखि सुरु भएको राष्ट्रिय गौरवको ७६ किमी बेनी-जोमसोम सडकको भौतिक प्रगती ६० प्रतिशत र जोमसोम-कोरला १ सय १० किमी सडकको भौतिक प्रगती ९० प्रतिशत रहेको जनाईएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *