एमाले बागलुङले गाउँ केन्द्रित अभियान थाल्ने,विभाजनमा लागेका ११ नेता निष्कासित

आदर्श अनलाइन, बागलुङ

मुलुकको पहिलो दल बने पनि बिचमै विभाजनको बेहोरेको नेकपा एमाले बागलुङले गाउँ केन्द्रित अभियान थाल्ने भएको छ ।

जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षता, केन्द्रीय सचिव तथा निवर्तमान मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा बसेको बैठकको आइतवार पत्रकार सम्मेलन मार्फत निर्णय सार्वजनिक गर्दै जिल्लाका १० वटै पालिकामा गाउँ केन्द्रित अभियान थाल्ने भएको हो ।

बैठकले आगामी असोज ५ गतेदेखि १२ गते सम्म गाउँ गाउँमा वडा कमिटी वैठक, भेला तथा अभिमुखिकरण गरिने एमाले जिल्ला सचिव बिष्णु भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार निसीखोलामा असोज ९ गते, ढोरपाटनमा ८ गते, तमानखोला ८ गते, बडिगाडमा असोज ९ गते, गलकोटमा असोज १२ गते, ताराखोला ९ गते, काठेखोलामा ५ गते, बागलुङ नगरपालिकामा असोज ९ गते, जैमिनीमा असोज ८ गते र बरेङ गाउँपालिकामा असोज ९ गते वैठक र कार्यक्रम हुनेछ । यस अभियानका लागि जिम्मेवारी समेत बाँडफाड गरिएको छ ।

बैठकले विभाजनकारी गतिविधिमा सम्लग्न भएका जिल्ला कमिटीका सचिव लालबहादुर थापा, सदस्यहरु गोविन्द गौतम, भुपाल चालिसे, शान्ति अधिकारी, भरत पुरी, इन्द्र थापा, श्याम थापा, हरि घर्ती, चक्र थापा तथा जनप्रतिनिधि जीवन आचार्य र सिता छन्त्याललाई निस्कासन गर्दै पार्टीको अभिलेखबाट नाम हटाउने निर्णय गरेको जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले बताउनुभयो । उहाँका अनुसार एकता एकीकरण प्रक्रियाबाट समाहित हुने मध्येबाट मनोनित गर्नुपर्नेका नाम सिफारिस गर्न तुलसी अर्याल, कृष्णबहादुर केसी, बाबुलाल शाक्य, प्रदिप थापा, वसन्त थापालाई जिम्मेवारी दिर्ने निर्णय गरिएको छ ।

वैठकले १० बुँदे प्रस्तावको रचनात्मक र सिर्जनात्मक कार्यान्वयन गर्न पालिका स्तरमा संयोजक, सहसंयोजक र सचिव तोकेको छ । निसीखोलामा रुद्र पौडेल संयोजक, सहसंयोजक लालविर लोप्चन, सचिव भूमिराज घर्ती, ढोरपाटन नगरपालिकामा संयोजक लक्ष्मण पुन, सह संयोजक केशर छन्त्याल, सचिवमा ज्ञानप्रसाद कंडेल, वडिगाड गाउँपालिकामा संयोजकमा गुणनिधि घिमिरे, सह संयोजकमा वसन्त थापा, सचिवमा दिनेश शर्मा, गलकोट नगरपालिकामा संयोजक डम्मर श्रीस, सहसंयोजक बुलबहादुर केसी, सचिवमा पदम कार्की रहनुभएको छ ।

यसैगरी, ताराखोला गाउँपालिकामा संयोजकमा ऋषिराम रोका, संहसंयोजक धनप्रसाद बुढा, सचिवमा मन लामिछाने, काठेखोला गाउँपालिकामा डिलबहादुर कार्की संयोजक, युक्तप्रसाद कंडेल सहसंयोजक र विद्यापति शर्मा सचिव, जैमिनी नगरपालिकामा सावित्री राना संयोजक, बद्रि ढुंगाना सहसंयोजक, देवेन्द्र रेग्मी सचिव, बरेङ गाउँपालिकामा प्रदिप थापा संयोजक, प्रेम पौडेल सहसंयोजक, लिलाधर पौडेल सचिव, बागलुङ नगरपालिकामा धनबहादुर परियार संयोजक, मोहित छन्त्याल सहसंयोजक र लिलबहादुर पुन सचिव रहनुभएको छ ।

वैठकले प्रदेश कमिटीको परिपत्र अनुसार जिल्ला कमिटीको अधिकतम संख्या १९० (नेकपा कालको संख्या १४५), एकता एकीकरण प्रक्रियाबाट समाहित २० प्रतिशत मनोनित र अन्य १० प्रतिशत मनोनित गर्दा हुने र हाललाई मौजुदा जिल्ला कमिटीमा ८३ जना मनोनित गरिएको छ । वैठकले ४७ जनालाई जिल्ला कमिटी सचिवालयमा मनोनित गरेको छ ।

आगामी कात्तिक ६ गते जिल्लाका वडाहरुमा र ९ गते सबै पालिकाको अधिवेशन आयोजना गर्ने गरी आवश्यक तयारी गर्न पनि मातहतका कमिटीलाई निर्देशन गरिएको छ ।

बैठकले जिल्ला कमिटीको रिक्त सचिव पदमा विष्णु भुसाललाई जिम्मेवारी दिने निर्णय गरेको छ भने आगामी असोज १५ देखि १७ सम्म ललितपुरमा हुने विधान महाधिवेशनका लागि ममतादेवी शर्मा, प्रदिप थापा, लक्ष्मण पुन, विनाकुमारी थापा र धनबहादुर परियारलाई प्रतिनिधिको रुपमा पठाउने निर्णय गरेको अध्यक्ष सापकोटाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *