मुस्ताङका स्याउ बजारमा,५ प्रतिशत उत्पादन बढ्ने अनुमान

एसके थकाली,मुस्ताङ

हिमाली जिल्ला मुस्ताङमा उत्पादित यसवर्षको स्याउ धमाधम बजार पठाउन थालिएको छ ।
यसअघि स्याउ जोन मुस्ताङले जिल्लामा उत्पादित स्याउ असोज १ गतेबाट मात्र टिप्न पाइने नियम बनाएपछि अहिले मुस्ताङमा धमाधम स्याउ टिप्ने चटारो चलेको हो ।

मुस्ताङका अधिकांश बगैचाका स्याउहरु कृषकहरुले ठेक्कामार्फत व्यापारीहरुलाई बिक्री गर्ने गरेको र व्यापारीहरुले संकलन गरेका स्याउ पोखरा-काठमाडौं लगायतका स्थानमा बिक्री गर्ने गरेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।

कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार असोज महिना लागेपछि मुस्ताङका बगैचामा यतिखेर धमाधम स्याउ टिप्ने र बजार ढुवानी गर्ने कार्य भइरहेको छ ।कार्यालय प्रमुख बस्ताकोटीले गतवर्षको तुलनामा मुस्ताङमा ५१ सय मेट्रिक टन स्याउ फलेकोमा यो वर्ष ५ प्रतिशत स्याउ वृद्धि हुन सक्ने अनुमान गरेका छन् ।

समुन्द्री सतहदेखि २५ सय मिटरदेखि ३८ सय मिटर अग्लो उचाइको चिसो हावापानीमा उत्पादन गरिएको मुस्ताङको स्याउको डिमाण्ड सहररबजारमा बढ्दो रहेको व्यापारीहरुको भनाइ छ ।तर ,विगतका वर्षहरुमा मुस्ताङको स्याउ व्यापारीहरुले ठेक्कामार्फत स्याउको गुणस्तर वृद्धि नहुदै तीज पर्वको मेलो छोपेर बजार पुर्‍याउने परिपाटीले मुस्ताङको स्याउमा उपभोक्ताले प्रश्न उठाउने गरेका थिए ।

बोटमा स्याउ नपाक्दै टिप्न नपाइने जिल्ला तहबाट निर्णय भएपछि असोजबाट धमाधम स्याउ टिप्न थालिएको हो । आसन्न दशै पर्व अगावै मुस्ताङको ७५ प्रतिशत स्याउ व्यापारीहरुले बजार अनुमान गरिएको छ । मुस्ताङमा उत्पादित स्याउ मध्ये १५ प्रतिशत स्याउ जिल्ला भित्रै खपत हुने र १० प्रतिशत स्याउ स्याउ प्रशोधन गरी ब्रान्डी ,वाइन ,जुस र ड्राई स्याउको परिकार बनाइने गरिन्छ । केही स्थानीय तहमा यो वर्षदेखि कोल्ड स्टोर समेत निर्माण भइसकेकाले बेमौसममा समेत पर्यटकले मुस्ताङको ताजा स्याउ चाख्न पाउने छन् ।

स्याउ विकसित भएपछि स्याउको गुणस्तर वृद्धि हुनुको साथै स्याउको स्वादमा रसिलो र स्वादिष्ट हुने भएकाले पछिल्लो समय मुस्ताङका कृषक तथा व्यापारीलाई असोज अगावै स्याउ टिप्न प्रतिबन्ध गरिएको थियो । तर, केही व्यापारीले भने ठेक्कामार्फत बैना पट्टा गरेका बगैचाको स्याउ अटेर गरी बजार पुर्‍याएका थिए । यद्यमी विगत वर्षमा मुस्ताङको स्याउ पूर्णरुपमा बोटमा नपाक्दै ठूलो मात्रा बजार पुर्‍याउने गरिएकोमा यसवर्ष भने त्यसमा न्युनिकरण हुँदै गइरहेको जनाइएको छ ।

मुस्ताङमा स्याउ टिप्ने मिति सुरु भएसँगै असोज १ गतेदेखि मुस्ताङको टुकुचे,सौरु,कोवाङ,मार्फा,चिवाङ,छैरो ,स्याङ ,जोमसोम,ठिनी,ढुम्बा,कागबेनी,तिरी ,फल्याक,झोङ,मुक्तिनाथ,ताङ्वे ,छुसाङ र चैले लगायतका स्थानमा कृषकले उत्पादिन गरेको स्याउ बगैचाबाट धमाधम टिप्ने र बजार पुर्‍याउने कार्य भइरहेको छ ।

पोखराका स्याउ व्यापारी मनोज क्षेत्रीले मुस्ताङको स्याउ व्यापारी तथा कृषकसँग समन्वयन गरी धमाधम पोखरा ल्याउने काम भइरहेको जानकारी दिए । उनले मुस्ताङमा संकलन गरी पोखरा झारिएको स्याउ पोखरमा स्टोर गोदाम बनाएर जम्मा गर्न थालेको बताए ।

मुस्ताङमा असोज अगावै स्याउ टिप्न प्रतिबन्ध गरिएको र स्याउको गुणस्तर र बजारमा नकारात्मक असर पर्ने भएकाले यो वर्ष असोज अघि मुस्ताङको स्याउ बजार झार्ने काम बन्द गरेको उल्लेख गरे ।उनले भारत तथा चाइनाबाट आायातित स्याउ भन्दा स्वदेशमै फलेको स्याउलाई बजारिकण गरी स्याउ प्रर्वद्धनमा जोड दिनु पर्ने जनाए ।

बर्सेनि स्याउ खरिद गर्न धादिङ,रुकुम,पोखरा ,म्याग्दी लगायतका व्यापारी स्याउ खरिद गर्न मुस्ताङ आउने गर्छन् ।यसरी स्याउ खरिद गर्ने व्यापारीले मुस्ताङको आलु समेत बजार पुर्‍याउने गरेका छन् । पछिल्लो समय मुस्ताङमा स्याउ उत्पादनको क्षेत्र समेत वृद्धि हुँदै जान थालेको छ । स्थानीयले खेर गएका सरकारी बाझो जग्गामा समेत सामुदायिक स्याउ खेती गरिएकाले स्याउको क्षेत्रफल बढेको जनाएको छ ।

मुस्ताङमा यातायात सडक सञ्जाल सहज हुँदै जान थालेपछि मुस्ताङका कृषक कृषि व्यवसायमा आत्मनिर्भर हुन थालेका हुन् । संघ तथा प्रदेश र स्थानीय तहको अनुदान सहयोगमा मुस्ताङमा गतवर्ष २० हजार छिटोरछरितो उत्पादन दिने उच्चघनत्वको स्याउ बिरुवा रोपण भइसकेको छ ।

पछिल्लो समय मुस्ताङमा १६ सय हेक्टरमा स्याउ खेती गरिएको र ६ सय हेक्टर जमिनमा लगाइएको स्याउ बोटले मात्र उत्पादन दिने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *