शिक्षक विद्यार्थी बिरामी पर्न थालेपछि तमानखोलाको एक विद्यालय पाँच दिन बन्द

टिकाराम भट्टराई

बागलुङ जिल्लाको तमानखोला गाउँपालिका स्थित एक विद्यालय शिक्षक विद्यार्थी बिरामी पर्न थाले पछि बन्द गरिएको छ ।

तमानखोला २ खोलेसवाङ स्थित खोलेसवाङ आधारभुत विद्यालयमा शिक्षक, विद्यार्थी बिरामी हुन थालेसगैँ गत बुधबारबाट आइतबार सम्म ५ दिनको लागि बन्द गरिएको हो ।

मौसम परिवर्तन संगैँ ज्वरो, रुघा खोकीका बिरामी बढ्न थालेको र एक जना शिक्षकमा कोरोना पोजेटिभ देखिएकोले पाँच दिन पूर्ण रुपमा विद्यालय बन्द गरिएको प्रध्यानाध्यापक कुल बहादुर घर्तिले बताउनुभयो ।

तमानखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिलक छन्त्यालका अनुसार भोली सोमबार विद्यालयमा पुगि एन्टिजेन परीक्षण गरिने जनाइएको छ । विद्यालयले गाउँपालिकामा केहि ढिलो जानकारी गराएको हुदाँ सोमबार मात्र परीक्षण गरिने छन्त्यालले बताउनुभयो । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको एन्टिनेन्ट परिक्षणमा तमानखोलाकी एक शिक्षिकामा कोरोना पोजेटिभ देखिएको थियो ।

तमानखोला गाउँपालिका केही समय यता शून्य संक्रमित थिए । सोमबार लक्षण देखिएका शिक्षक,विद्यार्थीमा परिक्षण गरिने भएकोले कोरोना सगँ मिल्दो जुल्दो लक्षण देखा परेका सबैलाई विद्यालयमा उपस्थित हुन गाउँपालिकाले आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *