घान्द्रुकमा जीप दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु

आदर्श अनलाइन,पोखरा

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको हो ।

जीपमा चालक खुशीमान क्षेत्री सहित सहित १० जना यात्रु सवार थिए । ती मध्ये एक जना जीवितै उद्धार गरिएको स्थानीयले बताएका छन् । उनी भीरमा अड्किएको अवस्थामा भेटिएका थिए । उहाँको अवस्था सामान्य रहेको छ । अहिले घटनास्थलमा स्थानीयबासी र प्रहरीले उद्धार गरिरहेको कास्की प्रहरी प्रमुख एसपि रमेश थापाले जानकारी दिनुभयो ।

घान्द्रुकको कलाभीर भन्ने स्थानबाट जीप तल मोदी खोलामा पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । कलाभीरमा निकै अप्ठेरो बाटो छ । मृतकको सनाखत हुन सकेको छैन । दशैंको छुट्टिमा पदयात्रामा हिंडेकाहरु दुर्घटना परेको हुने सक्ने थापाको भनाई छ । मृतकको शव क्षतविक्षत भई चिन्नै नसकिने अवस्थामा रहेको प्रहरीले बताएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *