मुस्ताङ यात्रामा वर्षा र बाढीले यात्रु र पर्यटकलाई सास्ती

एसके थकाली,जोमसोम

अविरल वर्षाका कारण आएको बाढीले मुस्ताङको घरपझोङ(२ मार्फामा अस्थायी पुल बगाएको छ । मार्फा खोलामा मंगलबार र बुधबार आएको बाढीले अस्थायी पुल बगाउँदा मुस्ताङ आउजाउ गर्ने पर्यटक तथा स्थानीयले सास्ती व्यहोर्नु पर्‍यो।

मुस्ताङको मार्फामा खोलामा हुलुका सवारी साधनर मोटरसाइकल वारपार गर्न मिल्ने पुल गरी पुल निर्माण गरिएको थियो । पुल खोलाको बाढीले बगाएपछि दसैं पर्वको बिदामा मुस्ताङ घुम्न आएका पर्यटकलाई गन्तव्य पुग्न अप्ठ्यारो परेको थियो।

पहिलो दिनको बाढीले पुल बगाउँदा पुन अस्थायी पुल निर्माण गरी यातायात सेवा सूचारु गराउन संघीय सांसद प्रेमप्रसाद तुलाचनले पहल गरेका थिए । सांसद तुलाचनको पहलमा डोजरको बन्दोबस्त गरिएको थियो । यस्तै, अस्थायी पुल निर्माण गर्न सुरक्षाकर्मी र स्थानीयबासीले समेत सहयोग गरेका थिए। पहिलो दिन पुन सञ्चालनमा ल्याइएको अस्थायी पुल पुनः दोस्रो दिनको बाढीले बगाएको थियो। अहिले फेरि सुरक्षाकर्मी र स्थानीयबासीको सहयोगमा अस्थायी पुल निर्माण गरी यातायात सुचारु गरिएको जिल्ला ट्राफिक कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङको मार्फा खोलामा गत असार महिनामा आएको बाढीले पटकरपटक अस्थायी पुल बगाउँदा सवारी साधनलाई निकै सास्ती हुने गरेको थियो । पक्की पुल नबन्दा अस्थायी भरराष्ट्रिय गौरवको आयोजना अन्तर्गत कालिगण्डकी करिडोर बेनी(जोमसोम(कोरला सडकमा पर्ने मार्फा खोलामा निर्माणधिन पुल नबन्दा अस्थायी पुलकै भर पर्नुपर्ने बाध्यता छ । हिमढुङ ठोक्कर इमोटर जेभीले जिम्मा लिएको मार्फा खोलाको पक्की पुल सम्झौता अवधि सकिदा जम्मा आधा मात्र काम भएको करिडोर सडक आयोजनाले जनाएको छ ।

निर्माण कन्ट्रक्सनले २०७५ साल भदौ ६ गते घरपझोङको मार्फा खोला र वारागुङ मुक्तिक्षेत्रको नरसिंह खोलामा पक्की मोटरेबल पुल बनाउने जिम्मा लिएको थियो ।निर्माण कन्ट्रक्सनले दुबै पुल बनाउनका लागि २१ करोडमा ठेक्का सम्झौता गरेको थियो ।

आयोजनाका अनुसार मार्फा खोलामा १२० मिटर र नरसिंह खोलामा ९० मिटरको पुल बनाउन कन्ट्रक्सनले जिम्मा लिएको थियो । सो दुबै पुलको सम्झौता अवधि २०७८ साल भदौ २० सम्म रहेपनि निर्माण कम्पनीको ढिलासुस्तीले पुल निर्माणको कामले गति लिन नसकेको हो ।

मुस्ताङको मार्फामा खोलामा अझै निर्माण कम्पनीले मजदुर र उपकरण परिचालन गर्न सकेको छैन । मार्फा खोलामा पक्की मोटरेपुल निर्माण हुन सके वर्षायामको समय समेत यातायातका साधनलाई मुस्ताङ आउजाउ गर्न सहज हुने थियो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *