प्रेरक पाइलाः ‘मौरी मात्र होइन, मौरीले परिवार पनि पालेको छु ।’

साधना पन्त

गरे के सकिदैन ? जोश, जाँगार, शाहस, आत्मविश्वास र परिवारको साथ सहयोग भयो भने असम्भव केही छैन । जस्तो सुकै अवस्था र परिस्थतीमा पनि जीवन सहज जीउन सकिन्छ भन्ने ज्वलन्त उदाहारण बन्नुभएको छ जैमिनी नगरपालिका वडा नम्बर ७ जैदिका चुणबहादुर राना ।

‘शारिरीक बनावटले मानिसको शाहासलाई कम गर्न सक्दैन, आँट र उर्जालाई कम गर्न सक्दैन,’ राना भन्नुहुन्छ ‘शरीरले अपाङ्ग भएपनि मानसिकताले साङ्ग भयो भने जस्तो सुकै चुनौतिको पहाड चढन सकिन्छ ।’ जैदि बोरागाउँका चुणबहादुर राना जन्मदा सपाङ्ग हुनुहुन्थ्यो । ‘पाँच वर्षको चकचके उमेर, बालपनमा खेलेको खेलले जीवनको खेल विगा¥यो,’ बाल्यकाल सम्झदै राना भन्नुहुन्छ, ‘खेल खेलमै देब्रे हात गुमाउनु प¥यो ।’


अहिले राना ६२ वर्षको हुनुभयो । जीवनका धेरै उताव चढाब, दुख पीडा विर्सिएपनि बाल्यकालको त्यो कहाली लाग्दो घटना रानाको मनसपटलमा अझै ताजा छ । परिवारका १३ छोरा छोरी मध्ये राना साइला । वर्षाैटे सन्तान घरै भरी, राम्रो पालन पोषण र हेरचाहको आशै थिएन । खेल खेल्दा जातोले लागेर उहाँको देब्रे हात भाँचिएछ । त्यो बेला उपचार भनेको काप्रो थियो । रानाको हातमा पनि स्थानिय बैद्यले काप्रो बाँधिदिए । हात निको हुने समय कुर्दा कुदै रानाको हातमा घाउ बढ्दै गयो । उहाँको हात कुहिन थाल्यो । गाउँमा हात निको हुने छनक नदेखिएपछि रानाका बा र जेठा बा ले उपचारको लागि पोखरा लैजानुभयो । तर बिडम्बना कुहिएको उहाँको हात उपचार गर्ने गन्तव्यमा नपुग्दै बाटोमै झरेछ ।

‘बा र ठुलोबाले पोखरा लैजादा बाटोमा मेरो हात खसेछ,’ रानाले भन्नुहुन्छ, ‘म बेहोस भएछु बा ले भन्नुहुन्थ्यो भुँइमा खसेको मेरो हात कौवाले लगेछ ।’ हातको अप्रेसन गरेर गाउँ फर्किएपछि राना विद्यालय जान थाल्नुएछ । स्थानीय जनता माध्यामिक विद्यालय सुर्कवाबाट २०३७ सालमा कक्षा ९ पास गरेपछि भारत गएका रानाले उत्तर प्रदेशको बानरसबाट एस.एल.सी पास गार्नुभएछ । त्यस लगत्तै गाउँ फर्किएका रानाले गाउँकै भगवती प्राथमिक विद्यालयमा पढाउन सुरु गरेको बताउनुहुन्छ । ‘गाउँ फर्किए, त्यो बेला मगर समुदायमा एस.एल.सी पास गरेका मानिस निकै कम थिए, तेसैले सजिलै जागिर पाए ।’

४० वर्ष शिक्षण पेशमा विताए । ‘सेवा निवृत्त भएपछि खालि बस्न मन लागेन, रानाले भन्नुभयो तेसैले मौरी पालन व्यवसाय सुरु गरेको छु ।’ २०७० सालबाट सुरु गरेको व्यवसायबाट रानाले वार्षिक १ कुइन्टलभन्दा बढी मह विक्री गर्ने गरेको बताउनुहुन्छ ।


३१ वर्षको उमेरमा माया थापा रानासँग विवाह गरेका रानाका ३ छोरा र एक छोरी हुनुहुन्छ । आफ्नो शारिरीक अवस्था देख्दा देख्दै पनि विवाह गरेकी श्रीमतीले हरेक समय साथ दिएको आज यो स्थानमा आउन सफल भएको रानाको भनाई छ । अपाङ्गता भएका व्यक्तिलाई समाज, परिवारले गर्ने व्यवहार निकै दयनिय हुन्छ, राना भन्नुहुन्छ तेसैले अपाङ्गता भएक व्यक्तिले आफुलाई समाजका अन्य व्यक्ति सरह मान्न सक्दैनन् ।

तर आफ्नो परिवारले सधै साथ र हौसला दिएको कारणले नै आफुले जीवनका हरेक अवस्था परेको राना बताउनु हुन्छ । छोरा छोरी हुर्कदै गए, शिक्षण पेसाले मात्र घर धान्न ग्राहो भयो, राना भन्नुहुन्छ त्यसैले वैकल्पिक व्यवसायको रुपमा २०७० सालबाट ६ लाखको लगानीमा व्यवसायीकरुपमा मौरी पालन सुरु गरेको हुँ ।

कर्मी राखेर घरमै २५ वटा मौरीको घार बनाएका रानाले २० वटा घार अनुदानमा प्राप्त गर्नुभएको थियो । अहिले उहाँले ४५ वटा घारमा व्यवसायीक मौरी पाल्नु भएको छ । रानाले कात्तिक देखी मंसिर र बैशाख देखि जेठ सम्म गरेर वर्षको २ पटक मह निकाल्नुहुन्छ ।

‘राना भन्नुहुन्छ राम्रो संग हेरचाह गर्न सक्ने हो भने ३ कुइन्टल पनि हुन्छ तर,’ ‘तर यो सिजनमा राम्रो हेरचाह गर्न नसक्दा एक पटकमा जम्मा ५२ केजी मह निकालेको छु ।’ महको बजार राम्रो भएका कारण नियमित ग्रहाकलाई मह पु¥याउन नसकेको उहाँको भनाई छ । यस पटक सिजन पनि राम्रो परेन, हावा हुरीले गर्दा मौरीलाई जोगाउन सकिएन उहाँले भन्नुभयो तेसैले सोचे जस्तो मह उत्पादन गर्न सकिएन । रानाले १ केजी महलाई १२ सय रुपैयाँमा बिक्री गर्ने गरेको बताउनु भयो । यो वर्ष रानाले ६२ हजारको माह बिक्री गरेको बताउनु भयो । ‘मह विक्रीका लागि बजार खोज्नु पर्दैन राना भन्नुहुन्छ घरमै मह किन्नेको तछाड मछाड हुन्छ ।’ अन्य व्यवसाय जस्तो मौरी पाल्न जटिल छैन । म जस्ता अपाङ्गता भएका र महिलाहरुले पनि यो व्यवसाय सजिलै गर्न सक्छन् रानाले भन्नुहुन्छ ।

‘छोरा छोरी, श्रीमती परिवार कसरी पालेको छस ? सबैले प्रश्न गर्छन् ।,’ मैले सजिलै जवाफ दिने गरेको छु ‘परिवार मात्रै होइन मौरी पनि पालेको छु ।’ कम लगानी, कम मेहनत र कम झन्झटमा पनि मौरी पालनबाट राम्रो आम्दानी हुने रानाले बताउनुहुन्छ । आफु जस्ता सबैलाई मौरी पाल्न रानाको सल्लाह छ । मौरीलाई पुतली, माँकुरा, खुदे, कमिला र साङ्ग्ला संग जोगाउने हो भने राम्रो मह दिने राना बताउनु हुन्छ । एउटा मौरीको घारलाई १० देखि १५ हजारमा विक्री गर्ने गरेको रानाले बताउनुभयो । आफुले कुनै मिसावाट नगरी गाउँमा रहेका फलफुलको रस खाएका मैरीको मह उत्पादन गरेको कारणले नियमीत ग्रहाकहरु नै धेरै भएको राना बताउनु हुन्छ ।

रानाले अघिल्लो साल कृषी ज्ञान केन्द्रबाट मौरी पालनको लागी १ लाख ४५ हजार अनुदान पाएपछि व्यवसायलाई थप व्यवस्थीत गरेको बताउनु हुन्छ । अहिले घरमा श्रीमती र आफु भएर मौरीपालन गरेको र छोरा छोरीलाई उच्च शिक्षाको लागि बागलुङ बजार राखेको राना बताउनु हुन्छ । आफुले गर्न सकेको काम आफ्ै गर्ने र नसकेको काम गाउँमा मौरीको हेरचाह गर्न जानेका युवाहरुलाई समय समयमा काममा बोलाउने गरेको उहाँले बताउनुभयो । आफ्नो काम प्रति सधै सन्तुष्ट भएको भन्दै राना भन्नुहुन्छ ‘म अपाङ्ग मानिसहरुको लागि उदाहारण बन्न चाहान्छु ।’ अपाङ्ग मानिसले पनि धेरै कुरा गर्न सक्दछ भन्ने सन्देश सबैमा पु¥याउन चाहान्छु । आगामी दिनमा थप व्यवस्थापन गरेर मौरी पालन व्यवसायलाई अगाडी बढाउने रानाले बताउनु भयो । राना भन्नुहुन्छ पालिकामा कुरा चलाएको छु, पालिकाले केही अनुदान दिएमा एक सय घार राखेर मह उत्पादन गर्ने आगामी योजना छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *