जिल्ला सहकारी संघको नवनिर्वाचित सञ्चालक समितिको पदस्थापन सम्पन्न

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी ऐन, नियमावली, सम्पत्ती सुद्धिकरण लगाएतका विषयमा सहकारी संघ संस्थाहरु गम्भिर र सचेत बन्नुपर्ने बताउनुभएको छ । जिल्ला सहकारी संघ बागलुङको नवनिर्वाचित सञ्चालक समितिको पदस्थापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

जिसीले जिल्ला सहकारी संघले सहकारी ऐन नियम कार्यान्वयनको लागि पहल गर्नुपर्ने बताउनुभयो । शनिबार आयोजना गरिएको पदस्थापन कार्यक्रममा बैंकका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका सल्लाहकार जिसीले सहकारी संघ संस्थाले रणनितीक योजना निर्माण गरि कार्यान्वयन गर्नमा जोड दिनुपर्ने बताउनुभएको हो ।

पदस्थापन कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ बागलुङका निर्वतमान अध्यक्ष दिपक गौतमले नवनिर्वाचित अध्यक्ष हुमा कुमारी जिसी ‘अन्जु’लाई माइन्यूट हस्तान्तरण गर्नुभएको थियो । निर्वाचन कमिटीका संयोजक अधिवक्ता राम शर्माले नवनिर्वाचित सञ्चालक समितिलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

पुस ३० गते सम्पन्न जिल्ला सहकारी संघको १३ औं साधारण सभाबाट निर्वाचित सञ्चालक समितिलाई बधाई ज्ञापन गर्दै निर्वतमान अध्यक्ष गौतमले जिल्लाका सहकारी संस्थाको अभिभावकत्व ग्रहण गर्दै संघले थप उत्साहका साथ काम गर्नुपर्ने बताउनुभयो ।

साधारण सभाले हुमा कुमारी जिसी ‘अञ्जु’को अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन गरेको थियो । संघको उपाध्यक्षमा पिङ्गला जिसी, सचिवमा दुर्वलकाजी राजभण्डारी, कोषाध्यक्षमा लक्ष्मण पुन, सञ्चालकमा खिम कार्की, युक्तजंग राजभण्डारी, जगन्नाथ सापकोटा, शिवकुमार खत्री, वृहस्पती कंडेल, चिनिमाया काला र लिलादेवी खड्का रहनुभएको छ ।

तेसैगरी मिलन केसीको संयोजकत्वमा ३ सदस्यीय लेखा लेखा तथा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको थियो । समितिको सदस्यमा कोपिला खरेल सापकोटा र थानेश्वर सुवेदी चयन हुनुभएको थियो ।

पदस्थापन कार्यक्रम निर्वचन कमिटीका संयोजक अधिवक्ता राम शर्माको अध्यक्षता तथा निर्वाचन कमिटीका सदस्य दिनेश अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *