बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे शुरु

खेमराज गौतम, बागलुङ
बागलुङको बलेवा विमानस्थल धावनमार्ग कालोपत्र शुरु भएको छ । २०७७ फागुनमै कालोपत्रे गर्नुपर्ने विमानस्थनको धावनमार्ग कालोपत्रेको काम पटक–पटक प्रभावित बन्दै आएको थियो ।

गत असारमै कालोपत्रे सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको विमानस्थलको धावनमार्ग कालोपत्रेको काम दुई पटक म्याद थपिसकेको छ । लामो समयको कोरोनाको प्रभाव र मौसमी प्रतिकूलताका बीच धावनमार्ग कालोपत्रेको काम शुक्रबारदेखि शुरु भएको छ ।

२०७७ फागुन महिनाभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रे गरी सक्ने गरी नेपाल नागरिक उद्यन प्राधिकरणले काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी, बल्खुसँग सात करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

विमानस्थलको सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न भएको र फागुन १५ भित्रै धावनमार्ग कालोपत्रेको काम सम्पन्न भइसक्ने निर्माण कम्पनीका प्रतिनिधि बासु थापाले जानकारी दिनुभयो ।

कोरोना महामारी र वर्षाका कारण कालोपत्रेको काम पटक–पटक प्रभावित बनेको कालोपत्रेकामले तिब्रता पाएको थापाले बताउनुभयो । “मौसममा सुधार भएसंगै कालोपत्रेको काम शुरु भएको छ, अहिले बिटामिन छर्ने कार्य भइरहेको छ, तत्कालै प्लान्टबाट कालोपत्रेको कच्चा पदार्थ तत्कालै ल्याइन्छ” थापाले भन्नुभयो “आगमी फागुनभित्रै विमानस्थको कालोपत्रेको काम सम्पन्न भएर हस्तान्तरण गरिने छ, कोरोना र पानी परेर सडक बन्द हुँदा कालोपत्रेमा ढिलाई भएको हो, अब गर्मी समेत लाग्न थालेको छ, १५ दिनमै विमानस्थल तयार गर्ने योजनामा छौं ।”

धावनमार्गको कटिङ, नाली तथा तारबार एक वर्ष पहिलै सकिएर कालोपत्रेका लागि तयार भएको विमानस्थल अहिले सम्म सडक र कोरोनाका कारण धानवनमार्गको ग्राभेल समेत भइसक्दा समेत सम्पन्न भइसकेको थियो ।

कोरोना महामारी र मौसमका कारण धावनमार्गको कालोपत्रे गर्न समस्या भइरहेकोमा अहिले कालोपत्रेको काम प्रारम्भ भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिक मिनराज ओझाले जानकारी दिनुभयो ।

ओझाका अनुसार ठेकदार कम्पनीले कालोपत्रेका लागि सबै तयारी पुरा गरेर अहिले धावनमार्गको भुले उडाउने, विटामिन छर्ने काम गरिरहेको छ । कोरोना महामारी र मौसमका कारण कालोपत्रे गर्न ढिलाई भएको र अहिले कालोपत्रे शुरु भएको छ । अब फागुन भित्रै कालोपत्रे सक्ने गरी निर्माण कम्पनीलाई निर्देशन दिएको र सोही अनुसार निर्माण कम्पनील काम अगाडी बढाएको छ ।

घाम नलागेको कारण कालोपत्रेमा समस्या भएकोमा अहिले मौसम समेत क्रमश सुधार भएकाले प्राविधिक हिसावले काम गर्न सहज भएको ओझाकोे भनाई रहेको छ । विमानस्थल कालोपत्रेको ठेक्का चैत्र मसान्त सम्ममात्रै रहेकोे प्राधिकरणले जनाएको छ । विमानस्थलको जम्मा १५ प्रतिशत मात्रै काम बाँकी रहेको छ । कालोपत्रे निर्माण संगै विमानस्थलको काम सम्पन्न हुँनेछ ।

२६ वर्षदेखि बन्द अवस्थामा रहेको सो विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन आएको थियो । नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडान समेत भरेका थिए । तर आवश्यक पूर्वाधारको अभावले अहिले विमानस्थल बन्द छ ।बागलुङ नगरपालिका–१४ नारायणस्थानमा सो विमानस्थल छ । हवाई सेवा नियमित भएमा बागलुङ जिल्लाका साथै, पर्वत र म्याग्दीका जनतालाई समेत सुविधा पुग्ने बताइएको छ ।

कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारदेखि जम्मा १२ किलोमिटर सडक कच्ची छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर कालोपत्रे हुनसकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने सरोकारवाला बताउँछन् । बर्खाको समय धावनमार्गमा हिलो र हिउँदमा धुलो उड्ने समस्या भएपछि विमानस्थल बन्द भएको थियो ।

२६ वर्ष देखि बन्द अवस्थामा रहेको बिमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत्र ९ गतेबाट पुःन सञ्चालन आएर नेपाल एरलाईन्स तथा तारा एरलाईन्सले केही महिना उडान भरेपनि आवश्यक पूर्वाधार र धावमार्ग कच्ची भएका कारण अहिले बन्द अवस्थामा छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *