बागलुङमा एमाले र राप्रपा बीच सहमती: मेयरमा जनकराज पौडेल उपमेयरमा सञ्जय खड्का

आदर्श अनलाइन, बागलुङ
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागलुङमा नेपाल कम्युनिष्ट पार्टी एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बिच चुनावी तालमेल गरेर जाने सहमती भएको छ ।

बागलुङ नगरपालिका सहित जिल्लाभर मिलेर निर्वाचनमा जाने सहमती भएको नेकपा एमाले बागलुङका प्रचार विभाग प्रमुख चन्द्र प्रकाश शर्मा ‘गणेश’ले बताउनुभयो ।

बागलुङ नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार जनक पौडेल र राप्रपाका तर्फबाट उपमेयरका उम्मेदवार सञ्जय खड्कालाई समर्थन गर्ने सहमती भएको छ ।

बागलुङ नगरपालिकाका १४ वटा वडामा वडा नम्बर २, ३, ४, ७, ११, १२ र १३ नम्बर वडामा एक एक वडा सदस्य राप्रपा र १४ वटै वडामा नेकपा एमालेलाई वडा अध्यक्ष सहित अन्य सदस्यहरु लिने दिने गरि सहमती भएको शर्माले बताउनुभयो । बागलुङ नगरपालिका बाहिर अन्य ९ स्थानीय तहमा स्थानीय समझदारीको आधारमा एक अर्कालाई सहयोग गरेर जाने सहमती भएको वार्ता टोलीका सदस्य तथा राप्रपाका सदस्य शैलेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।

बागलुङ नगरपालिकाको मेयर राप्रपाको तर्फबाट उम्मेदवारी दिएका सञ्जु नेपाली र नेकपा एमालेको तर्फबाट उपमेयर पदमा उम्मेदवारी दिएका पवित्रा रोकाले मनोनयन फिर्ता लिने सहमती भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *