भोट माग्ने जनक-सन्जय शैली : जेष्ठ नागरिकसँग आर्शिवाद, युवालाई ह्यान्डसेक

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाका मेयरका उम्मेदवार जनकराज पौडेल र उपमेयर पदका उम्मेदवार सञ्जय खड्काले मंगलबार विहान ७ः३० बजेबाट बागलुङ बजारमा घरदैलो गर्ने कार्यक्रम आयोजना गरिएको थियो ।

मेयरका उम्मेदवार पौडेल आउन ढिला भएपछि ८ बजे मात्रै घरदैलो कार्यक्रम प्रारम्भ भयो । बागलुङ नगरपालिका–२ मा रहेको निर्वाचन परिचालन कमिटीको कार्यालय सम्म आइपुग्न निवासबाट पैदल निस्किएका पौडेल चोक चोकमा उभिएका मतदातासँग भेटघाट गर्दै आउदा ढिला भएको बताए ।

पौडेल निर्वाचन परिचालन कमिटीको कार्यालयमा आए लगत्तै निर्वाचन परिचालन कमिटी, अखिल नेपाल महिला संघ, युवा संघ, नेकपा एमाले र राप्रपाका विभिन्न जनसंगठनको घरदैलो कार्यक्रम लोकतान्त्रीक चोकतर्फ अगाडी बढ्यो । टिका र खादा लगाएका मेयरका उम्मेदवार जनकराज पौडेल र उपमेयरका उम्मेदवार सञ्जय खड्का सडकको दुवै पट्टी उभिएका, घरको झ्याल र छतबाट हेरेका मतदातालाई नमस्कार गर्दै अगाडी बढे ।

‘भोट के मा सुर्यमा, भोट के मा हलोमा, जनताको भलोमा’ ‘वृद्ध आमा बाबा के भन्छन् नेकपा एमाले ले भन्छन्’ ‘नेकपा एमाले जिन्दाबाद, राप्रपा जिन्दाबाद’को नारा लगाउँदै अगाडी बढेका नेकपा एमाले राप्रपा गठबन्धनका नेता कार्यकर्ता मतदातालाई प्रतिवद्धता पत्र बाढिरहेका थिए । उम्मेदवार पौडेल र खड्का मुस्कुराउँदै नमस्कार गर्दै अगाडी बढ्थे ।


विहानको घाम तप्न सडक छेउको पेटीमा बसेका ८७ वर्षीय गणेश कुमार पालिखेलाई जनकले आर्शिवाद मागे । पालिखेले जनकको शिरको टोपी सुम–सुम्याउँदै भने आर्शिवाद छ । पालिखेले अघिल्लो स्थानीय तह निर्वाचनमा पनि जनकलाई भोट हालेका रहेछन् । यसपटक पनि सुर्य चिन्हमै छाप लगाउने हो भन्दै उनले मेयरका उम्मेदवार पौडेल मिजासिलो, लगनशिल र अनुसाशित रहेको बताए । सहर बजारका जनताको लागि राम्रो काम गरेको छ अब पनि गर्ला भनेर भोट दिने हो पालिखेले भने ।

नमस्कार, अभिभावदन भन्दै अगाडी बढेका पौडेल र खड्का युवा मतदाता देख्ने वित्तिकै हात मिलाउथे । ‘मत माग्दै अगाडी बढेका पौडेललाई देखे पछि स्थानीय मदन प्रसाद पाण्डेले भने ‘पाँच वर्ष मेयर भएको मान्छे, दम्भ, घमण्ड केही छैन्, हेर सधै चप्पल लगाएर सञ्चो विसञ्चो सोध्यै हिड्नुहुन्छ ।’ पौडेल घरदैलोमा हिडेको टोलिसँगै अगाडी बढेपनि मदनको कुरा सकिएन, एकदमै शालिन, भद्र र शिष्ट मेयर, यसपटक पनि उहाँले नै जित्नुहुन्छ की ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *