मौन समयमा मत माग्न गाउँ पसे पाँच दलिय गठबन्धनका उम्मेदवार

आदर्श अनलाइन, बागलुङ
स्थानीय तह निर्वाचनको मौन अवधि सुरु भएपनि बागलुङका केही स्थानमा पाँच दलिय गठबन्धनका उम्मेदवारले मत माग्ने र भोजभतेर गरेको पाईएको छ ।

मंगलबार राती १२ बजेबाट मौन अवधि सुरु भएको हो । मौन अवधिमा मतदाता प्रभावित पार्न र मत माग्न नपाइने भएपनि पाँच दलिय गठबन्धनको तर्फबाट बागलुङ नगरपालिकाको मेयरका उम्मेदवार बसन्तकुमार श्रेष्ठ बुधबार राती बागलुङ नगरपालिका–३ तातोपानीमा फेला परेका छन् ।

बुधबार राती बागलुङ नगरपालिका–३ तातोपानीबाट गठबन्धनका उम्मेदवार सहितको समुह मत माग्न गाउँ पसेको खवर प्रहरीले पायो । उम्मेदवारले पैसा बाढ्दै गरेको सूचना प्रहरी पाएको थियो । गठबन्धनको तर्फबाट बागलुङ नगरपालिकामा प्रमुखका उमेद्वार बसन्तकुमार श्रेष्ठ त्यहाँ पुगेका थिए । एमालेका कार्यकर्ताहरुले हल्लागरेपछि प्रहरी पुग्दा श्रेष्ठ सहितको समुहले पैसा बाँढेको भेटिएन् ।

‘हामिलाई खवर भएपछि प्रहरी तुरुन्तै त्यहाँ पुगेको हो, तर सूचना आएको जस्तो घटना त्यहाँ भेटिएन्’ प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले भन्नुभयो ‘प्रहरीले रातभर संवेदनशिल स्थानहरुमा निगरानी गरेको छ ।’

त्यस्तै निसीखोला गाउँपालिकामा पनि मतदाता प्रभावित पार्ने गरी भोजभतेर चलेको खवरहरु प्रप्त भएका छन् । गठबन्धनका उमेद्वारहरुले रातभर निसीखोलाको थापा गाउँमा भोजभतेर गरेको नेकपा एमाले बागलुङका प्रचार बिभाग प्रमुख चन्द्र गणेशले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *