बागलुङको निसीखोला गाउँपालिकामा काँग्रेसका सुर्यबहादुर विजयी

आदर्श अनलाइन, बागलुङ
बागलुङको निसीखोला गाउँपालिकामा नेपाली काँग्रेसका सुर्यबहादुर घर्ती विजयी भएका छन् । सत्तारुढ पाँच दलिय गठबन्धको तर्फबाट साझा उम्मेवार बनेका घर्तीले ५ हजार ५११ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका भूमिराज घर्तीले २ हजार ६३९ मत प्राप्त गरेका छन् । गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनकै तर्फबाट नेकपा (माओवादी केन्द्र)का प्रेम घर्ती ५ हजार मत प्राप्त गरि विजयी हुँदा नेकपा एमालेकी भोटुचन्द ठकुरीले २ हजार १०८ मत प्राप्त गरिन् ।

गाउँपालिकाको वडा नम्बर १ मा नेपाली काँग्रेसका चन्द्रसिंह रामजाली, २ मा नेकपा (माओवादी केन्द्र)का कुविर विक, ३ मा राष्ट्रिय जनमोर्चाका रमेश विक्रम शाही, ४ मा नेपाली काँग्रेसका टिकानिधी पौडेल, ५ मा नेपाली काँग्रेसका हर्कमान घर्ती, ६ मा नेपाली काँग्रेसका हेमबहादुर बुढा र वडा नम्बर ७ मा नेपाली काँग्रेसका दिपक कुँवर विजयी भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *