नागरिकता सम्बन्धी विधेयक फिर्ता गर्न क्षत्री समाज बागलुङको माग

आदर्श अनलाइन, बागलुङ
क्षत्री समाज बागलुङले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट बहुमतले पारित भएको नागरिकता सम्बन्धी विधेयकलाई तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

मंगलबार बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै नागरिकता सम्बन्धी विधेयक तत्काल फिर्ता नगरे आन्दोलनको आँधिवेरी ल्याउने चेतावनी दिएका हुन् ।

क्षत्री समाज बागलुङका अध्यक्ष बाबुराज कार्की र सचिव कविराज क्षत्रीले हस्ताक्षर गरेको ज्ञापन पत्रमा प्रतिनिधि सभाका सदस्य बीचमा छलफल समेत नगरि राष्ट्रिय महत्वको विषयलाई वेवास्ता गर्दै स्वाधीनता तथा अखण्डता माथि आँच आउन सक्ने विधेयक पास गरेको प्रति गम्भीर ध्यानकर्षण भएको भन्दै उक्त विधेयकलाई यथाशिघ्र फिर्ता लिन माग गरिएको छ ।

वैवाहिक अंगीकृत नागरिकता लिनको लागि छिमेकी राष्ट्र भारतमा समेत ७ वर्ष पछिमात्र प्रक्रिया अगाडी बढ्ने प्रावधान रहेको र अन्य विदेशी मुलुकहरुमा पनि फरक फरक समय सिमा तोकिएको भएपनि नेपालमा विवाह लगत्तै नागरिकता प्राप्त गर्न मिल्ने व्यवस्थाले देश फिजीकरण तर्फ उन्नमुख हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

राष्ट्रिय महत्वका विषयमा निर्णय गर्दा सरकार गम्भिर बन्नुपर्नेमा संसदबाट नागरिकता सम्बन्धी विधेयक पास गर्दै राष्ट्रिय अस्मितामाथी आँच पु¥याउने काम सरकार आफैले गरेको क्षत्री समाज बागलुङका अध्यक्ष बाबुराज कार्कीले बताउनुभयो ।

ज्ञापन पत्र क्षत्री समाज बागलुङका अध्यक्ष बाबुराज कार्की र धौलागिरी संयोजक रुद्रबहादुर महतले प्रमुख जिल्ला अधिकारी रमेश ढकाललाई हस्तान्तरण गर्नुभएको थियो । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी ढकालले मंगलबारनै ज्ञापन पत्र प्रधानमन्त्रीको कार्यालयमा पठाइदिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *