नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता : प्रदेश स्तरीय खेलमा बागलुङलाई ८५ पदक


आदर्श अनलाइन, बागलुङ

नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि भएको गण्डकी प्रदेश स्तरीय छनौंट प्रतियोगितामा बागलुङले ८५ पदक प्राप्त गरेको छ ।

आगमी असोज २८ देखि कात्तिक ३ गते सम्म गण्डकी प्रदशेमा सञ्चालनमा आउने नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताको गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगितामा बागलुङले ४४ स्वार्ण, २२ रजत र १९ काश्य पदक प्राप्त गर्न सफल भएको हो ।

यस अघि गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी हात पारेको बागलुङले नवौ राष्ट्रिय खेलकूदतको प्रदेश स्तरीय छनौट प्रतियोगितामा समेत १४ बिधाका खेलमा ८५ उपाधी प्राप्त गर्दै बागलुङको खेल प्रदेशमा अब्बल सावित भएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

“बागलुङले पछिल्लो समय खेलमा निकै सुधार गर्दै लगेको छ, आइटिएफ तेक्बान्दो र सुटिङ लगायतको खेलमा निकै राम्रो सुधार भएको छ भने सोही अनुसार पदक समेत हात पार्दै आएको छ” खड्काले भन्नुभयो “हाम्रो इनडोर खेलका लागि प्रसस्त पूर्वाधारहरु छन् तर नवौ राष्ट्रिय खेलकूद प्रतियोगिताका केही बिधा बागलुङमा समेत सञ्चालन गर्न सकिन्छ ।”

बागलुङले विशेषगरी आइटिएफ, तेक्बान्दो, सुटिङ, उस्सु र हेनबल लगायतको खेलमा उल्लेख्य नतिजा हासिल गर्दै आएको अध्यक्ष खड्काले बताउनुभयो ।

खड्काका अनुसार बागलुङले गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगितामा आइटिएफ तेक्वान्दोमा सबैभन्दा बढी पद प्राप्त गरेको छ । आइटिएफ तेक्वान्दोमा १७ स्वर्ण, २ रजत र २ काश्य पदक प्राप्त गरेको छ । यस्तै उस्सुमा ११ स्वर्ण, ३ रजत र २ काश्य गरी १६ पदक प्राप्त गरेको छ ।

१४ बीधाका खेलहरु उसुमा ११ स्वर्ण सहीत १६ पदक, कराँतेमा १२ पदक, तेक्वान्दोमा ९ पदक, सुटिङमा ९ पदब, टेबल टेनिसमा तीन पदक, एथ्लेटिक्समा २ पदक, रग्वीमा १, वक्सिङमा २, बुद्धिचालमा २, फुलकन्ट्याक्टमा २, कबड्डीमा एक पदक, ह्याण्डबलमा २ र आर्चरीमा दुई पदक प्राप्त गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *