आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले गण्डकी प्रदेश कमिटिले पार्टीको सल्लाहकार परिषद गठन गरेको छ । एमाले गण्डकीको हालै सम्पन्न सचिवालय वैठकले ३ सय १३ सदस्यीय नेकपा एमाले गण्डकी प्रदेश सल्लाहकार परिषद गठन गरेको हो ।
जनकलाल श्रेष्ठको अध्यक्षतामा गठित सल्लाहकार परिषदका सदस्यहरुमा नवलपुरका ८ जना, तनहुका १६ जना, कास्कीका १ सय ३९ जना, पर्वतका १३ जना, लम्जुङका ४९ जना, स्याङ्जाका २६ जना, बागलुङका १८ जना र गोरखाका ३४ जना रहनु भएको छ ।
एमाले गण्डकी प्रदेश सल्लाहकार परिषदमा बागलुङबाट मोहनलाल उपाध्याय, आत्मराम शर्मा, टिकाराम आचार्य, विष्णु भण्डारी, भगिरथ काउछा मगर, लालविर लोप्चन, गुञ्जमान भण्डारी, टोपनारायण अर्याल, घनश्याम घिमिरे रहनु भएको छ ।
यसैगरी क्याप्टेन दुर्गा बहादुर खड्का, हेमलाल विक, ओम बहादुर सुनार, भुमिश्वर पौडेल, मित्र बहादुर पुन, एकनाथ शर्मा, मनिश्वर रेग्मी, विष्णु राना, गंगाराम शर्मा, लालमणी श्रीस, कमल श्रेष्ठ, खगेश्वर सुवेदी, नर बहादुर सार्की, शंकर खड्का, याम बहादुर बस्नेत, भोज बहादुर खड्का, कविराज थापा, कर्ण बहादुर पुन र शालिकराम सापकोटा सदस्य रहनु भएको एमाले गण्डकीका अध्यक्ष नवराज शर्माले जनाउनु भएको छ ।
वैठकले बागलुङका तिलक उप्रेती र सञ्जाल शर्मा सहित २० जनालाई गण्डकी प्रदेश कमिटिमा मनोनयन गर्नुका साथै ६६ जनालाई सचिवालय सदस्य चयन गरेको छ । सचिवालय सदस्यहरुमा बागलुङबाट गिता शर्मा, नर बहादुर थापा, भीमप्रसाद शेरचन (सुनिल), भीमा अधिकारी, मेयरसिह पाइजा, देव कुमार नेपाली, ममतादेवी शर्मा, डिल्लीराज गौतम सदस्य चयन हुनु भएको छ ।
यस्तै एमाले गण्डकी प्रदेश प्रचार तथा प्रकाशन विभागको सदस्यमा प्रेस चौतारी बागलुङका अध्यक्ष नविन शिशिर विक र युवा तथ खेलकूद विभागको सदस्यमा जिल्ला कमिटि सदस्य तारा शर्मा चयन हुनु भएको छ । एमालेले आगामी निर्वाचनलाई केन्द्रीत गरी गण्डकी प्रदेश कमिटिका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा गण्डकी प्रदेश निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।
प्रदेश स्तरीय निर्वाचन परिचालन कमिटिमा प्रदेश कमिटिका सवै सदस्यहरु, प्रदेश कमिटि सल्लाहकार परिषदका सवै सदस्यहरु, सवै जनसंगठनका प्रदेश कमिटिका सवै सदस्यहरु, पार्टी जिल्ला कमिटिका पदाधिकारीहरु र पालिका कमिटिका अध्यक्षहरु, पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख/उपप्रमुखहरु, अध्यक्ष/उपाध्यक्षहरु, जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुखहरु रहने एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिनुभयो ।