बागलुङको दुई निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको लागि १५ जनाको मनोनयन दर्ता

सिर्जना पन्त, बागलुङ
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि बागलुङमा ९ राजनीतिक दलका २४ र १२ जना स्वतन्त्रले मनोनयन दर्ता गराएका छन् ।

दुई निर्वाचन क्षेत्र रहेको बागलुङ जिल्लामा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सुर्य पाठक, पाँच दलिय गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेपाली काँग्रेस (विपी)को तर्फबाट शिवलाल सापकोटा, राष्ट्रय प्रजातन्त्र पार्टीको तर्फबाट लक्ष्मी प्रसाद सापकोटा, स्वतन्त्र पार्टीका खिमानन्द कंडेल, स्वतन्त्र चन्द्र बहादुर क्षेत्री र कृष्ण शंकर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

तेसैगरी प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका हिराबहादुर केसी, नेपाली काँग्रेसका दिपेन्द्र थापा, राष्ट्रीय प्रजातन्त्र पार्टीका डिल्ली प्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्त बहादुर विक र दिपेन्द्र हमालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभा क्षेत्र नम्बर १ (ख) तर्फ नेकपा एमालेका नवराज पौडेल, नेपाली काँग्रेसका डिल्ली राम सुवेदी, राष्ट्रीय प्रजातन्त्र पार्टीका गोविन्द सापकोटा र मंगोल नेश्नल अर्गनाइजेशनका सहविर थापाको उम्मेदवारी परेको छ ।

तेसैगरी क्षेत्र नम्बर २ तर्फ प्रतिनिधि सभामा नेकपा एमालेका मञ्जु चालिसे, पाँच दलिय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका देबेन्द्र पौडेल, राष्ट्रीय जनमुत्ती पार्टीका चित्र प्रसाद गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्री, सामाजिक एकता पार्टीका टेकप्रसाद कामी, तुलसी राम अर्याल, डिलबहादुर कार्की र गणेश कुमार थापाले स्वतन्त्र मनोनयन दर्ता गराउनुभएको छ ।

तेसैगरी प्रदेश सभा क्षेत्र नम्बर २ (क) तर्फ नेपाली काँग्रेसका जीत शेरचन, प्रकाश घर्ती मगर र भिमलाल पोखरेलको स्वतन्त्र उम्मेदवारी परेको । (ख) तर्फ नेकपा एमालेका लक्ष्मण पुन, नेपाली काँग्रेसका द्रोण कुँवर, मंगोल नेशनल अर्गनाइजेसनका ताराबहादुर घर्ती मगर, सामाजिक एकता पार्टीका टेक प्रसाद कामी, जनता समाजवादी पार्टीका गंगाबहादुर घर्ती, दिपक थापा, करमती पुन मगर, दुर्गा देवी घर्ती मगर र नरबहादुर गुरुङको स्वतन्त्र मनोनयन दर्ता गराउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *