फुलमाया माझीका हत्यारा सार्वजनिक

रोहन जिसी, बागलुङ
बागलुङ नगरपालिका–१ माझिबस्ती बस्ने ४० वर्षीया फुलमायाँ माझीको हत्या आरोपमा प्रहरीले उनकै छिमेकीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

असोज ३० गते बागलुङ नगरपालिका–१ गणेशघुम्तीमा मृत भेटिएकी माझीको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले उनकै छिमेकी नातामा भाई पर्ने २६ वर्षीय प्रकाश योगीलाई पक्राउ गरेको हो ।

प्रहरीले योगीलाई कात्तिक ४ गते बागलुङ नगरपालिका १ खनियाबासबाट पक्राउ गरेको हो । पक्राउ परेका योगीले माझीको बलात्कार गरेर हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धनको क्रममा स्विकार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दयानिधी ज्ञवालीले बताउनुभयो ।

असोज ३० गते विहान ज्याला मजदुरी गर्न गएकी माझी अवेरसम्म घर नर्फिकएपछि परिवारले खोजी गर्दा सोही साँझ बागलुङ नगरपालिका–१ गणेशघुम्तीमा हत्या गरिएको अवस्थामा माझीलाई मृत फेला परेका थिए ।

अत्याधिक मादक पदार्थ सेवन गरेका योगीले आफ्नो कमजोर आर्थिक अवस्थाका कारण सुनका गहना लुट्न, बलात्कार गर्नको लागि माझीको ज्यान लिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *