दोर्ण कुँवरद्वारा निर्वाचन आचारसंहिता विपरित झोलुङ्गे पुल शिलान्यास

आदर्श अनलाइन, बागलुङ
निर्वाचन आचारसंहिता विपरित बागलुङको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (ख)का उम्मेदवार दोर्ण कुँवरले झोलुङ्गे पुलको शिलान्यास गर्नुभएको छ ।

सोमबार ढोरपाटन नगरपालिका–३ को विसमोरबाट घोसा जोड्ने झोलुङ्गे पुलको पाँच दलिय गठबन्धनका साझा उम्मेदवार कुँवरले उद्घाटन गर्नुभएको हो ।

उम्मेदवार कुँवरसँगै नेपाली काँग्रेसका समानुपातीक उम्मेदवार दिलमाया पौवी पनि सिलन्यास कार्यक्रममा सहभागी हुनुभएको थियो ।

निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ३ को (ग) अनुसार कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने काम गर्न वा सो को लागि अनुदान दिन नहुने उल्लेख गरिएको भएपनि कुँवरले आचारसंहिता विपरित पुलको शिलान्यास गर्नुभएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *